एजेन्सी– डब्लूडब्लूईलाई लिएर मानिसले दिमागमा विभिन्न कुराहरु खेलाउने गर्छन् । तर, यसका कतिपय रहस्यका बारेमा तपाईंलाई कमै थाहा होला । आज हामी तिनै रहस्यका बारेमा कुरा गर्न गइरहेका छौँ ।
हतियारको प्रयोग
रेस्लिङमा हामी प्राय हतियारको प्रयोग भएको देख्छौँ । जहाँ ७५ प्रतिसत हतियार सक्कली हुन्छन् । स्टील चेयर, हतोडा, सिडी र अन्य हतियार असली हन्छन् । रेसलरले रेसलिङ स्कूलमा कैयौँ वर्षसम्म यी हतियारको सही प्रयोगबारे ज्ञान लिएको हुन्छ । टेबल र कुर्सी कमजोर हुन्छन्, जसका कारण उनीहरुलाई कम चोट लाग्ने गर्छ ।
रेसलरलाई दुख्छ त
ट्रेनिङ र वर्षौँको मेहनतका कारण उनीहरुलाई कम चोट लाग्ने गर्छ । रेसलिङ हुने म्याटको तल स्प्रिङ राखिएको हुन्छ । ताकि चोट कम लागोस् । साथै रिङको तल माइक राखिएको हुन्छ ताकी आवाज सुनियोस् ।
चोट असली कि नक्कली
रेसलिङमा कहिले ठूलो त कहिले सानो चोट लाग्ने गर्छ । चोट कस्तो प्रकारको हो भन्ने तपाईं रेफ्रीको अनुहारबाट थाहा पाउन सक्नुहुन्छ । यदि चोट असली हो भने रेफ्रीले ब्याक स्टेजमा हेर्छ र हातले एक्स को निसाना बनाउछ ।
रगत असली कि नक्कली
जुन रगत हामी रेसलिङका क्रममा देख्छौँ त्यो शतप्रतिसत असली हुन्छ । कुरा के भने रेफ्रीले रेसलरलाई रगत दिने गर्छ । त्यसपपछि उनीहरु आफ्नो निधार हल्का काट्छन् जसका कारण रगत बडी मात्राका निक्लीन्छ । जसलाई रेसलरले आफ्नो पुरै अनुहारमा फैलाउछ र केही रगत भूँईमा समेत झर्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...