-->
कसले देला राजीनामा ?: प्रधानमन्त्री या गृहमन्त्री ?

काठमाण्डु, २१ जेठ– अहिले एकतर्फ केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नका लागि चलखेल सुरु भएको छ भने अर्कोतर्फ सरकारभित्रै पनि खटपट सुरु भएको छ ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतलले प्रधानमन्त्री कार्यालयको सहमतिबिना नै प्रमुख जिल्ला अधिकारी र सहायक जिल्ला अधिकारीको सरुवा गरेको भन्दै ओलीले गृहमन्त्रीलाई फोन गरेर सरुवा बदर गर्न लगाएका थिए । तर, बस्नेतले सरुवाको प्रक्रिया अघि बढिसकेकाले त्यसलाई रोक्न नसकिने बताएपछि ओलीले उनको राजीनामा मागेका हुन् ।
ओलीले गृहमन्त्रीको राजीनामा मागेसँग उनीहरुका बीचको सम्बन्ध चिसिदै गएको छ । गृहमन्त्रालयले सरुवा निर्णय कार्यान्वयन भइसकेको र सबैले पत्र बुझिसकेको बताउदै त्यसलाई रोक्न नसकिने बताउछ भने प्रधानमन्त्रीले जसरी पनि सहमति नलिइ गरिएको सरुवा रोक्न दबाब दिइरहेका छन् ।
सरकार बाहिर पनि सरकार परिवर्तनको विषयलाई लिएर सत्तापक्षीय प्रमुख दल एमाले र नेकपा माओवादी केन्द्रका बीच खटपट सुरु भइसकेको छ । त्यसो त एमालेभित्रको एक गुट सरकार परिवर्तन गर्नुपर्ने पक्षमा छ भने ओली गुट परिवर्तन गर्न नहुने पक्षमा ।
सरकार परिवर्तनकै विषयमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच विवादसमेत सुरु भइसकेको छ । यसरी सरकार परिवर्तनको विषयलाई लिएर सत्तापक्षीय दलबीच देखिएको विवाद सरकारभित्र पनि देखिनु स्वभाविक नभएको विश्लेषकहरु बताउछन् ।
ओली सरकार नै परिवर्तन गर्न चलखेल भइरहेका बेला उनले गृहमन्त्रीको राजिनामा माग्नुने विवादले अझ ठूलो रुप लिने देखिन्छ । तर, अहिले राम्रा कार्यक्रम र योजना ल्याएर दिनानुदिन जनतासमक्ष फेमस बनिरहेका ओली सजिलै सरकार छाड्ने पक्षमा छैनन् । यस्तोमा अब देशको राजनीतिले कुन बाटो लिने हो भन्ने धेरैलाई चासो छ ।
दबाब खेप्न नसकेर ओलीले राजीनामा देलान् त, या ओलीको दबाबले गृहमन्त्रीले राजिनामा देलान् ? पक्कै पनि दुवैले राजिनामा दिन त्यति सजिलो छैन । जसरी गृहमन्त्रीले प्रधानमन्त्रीले मागेकै भरमा राजीनामा दिन सक्दैनन् त्यसैगरी प्रधानमन्त्रीले पनि राजनीतिक दल र तीनका नेताले मागेको भरमा राजीनामा दिन सक्दैनन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.