-->
श्रीमान्सगं आफ्नै आमाको बिहे हुदा छोरी भइन बेहोस

एजेन्सी । संसारमा यस्ता चिज पनि हुन्छ जो हामिलाइ पत्याउन पनि गाह्रो हुन्छ । भारतमा यस्तो घटना घटेको छ जहाँ छोरीको घर बसाउने आमा नै छोरीकी सौता बनेकी छिन् ।
यो घटना भारतको विहार राज्यस्थित मधेपुरा जिल्लाको हो । जहाँको पुरैनी गाउँमा एक आमाले आफ्नै छोरीका श्रीमान (ज्वाई) सँग प्रेम गर्दै विहे गरेकी छिन् ।
आशा देवी नामकी यी महिलाले केही वर्ष पहिला मात्र आफ्नो छोरीको विहे धुमधामका साथ गरेकी थिइन् । तर, अहिले उनले ज्वाईसँगै पूर्णिया कोर्ट (अदालत)मा विहे गरेकी छिन् । यो सम्बन्ध थाहा पाएपछि छोरी बेहोस भएकी छिन् । त्यसपछि होसमा आएकी उनले सोच्न सकिरहेकी छैनन् कि जून आमाले उनको घर बसाएकी थिइन् त्यही आमाले घर भाड्न सक्छिन् र ?
छोरी विहे गरेर पठाएको केही दिनमै ज्वाई विरामी परे । यो खबर सुनेर सासु ज्वाईको हेरचाँह गर्न छोरीको घर पुगिन । त्यहिबाट एक–अर्काबीच प्रेम सम्बन्ध शुरु भयो। त्यसपछि उनी आफ्नो घर फर्किइन् तर, ज्वाई र उनको प्रेम झन झन बढ्दै गयो । दुबै घण्टौसम्म एक–अर्काबीच फोनमा कुरा गर्न थाले ।
गाउँलेले सासु र ज्वाईले विहे गर्न लागेको थाहा पाएपछि उनीहरुले पञ्चायतबाट सासु र ज्वाई सँगै बस्ने निर्णय गराए । पञ्चायतले सासु र ज्वाईबीच गहिरो प्रेम भए दुबैलाई एक साथ बस्न दिनुपर्छ भन्यो । पञ्चायतको फैसलाले सासु र ज्वाई खुसी भए । त्यसको भोलिपल्ट ससुराले छोरीलाई घर लिएर आए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.