-->
मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपाय जानिराखौँ

डिसीनेपाल डटकम – मृगौला किड्नीमा स्टोन भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी खानुपर्छ । पानी प्रशस्त खाने गर्नाले स्टोन बन्ने खनिज पदार्थ शरीरबाट पिसावमार्फत जान्छ । आज हामी किड्नीमा भएको स्टोन हटाउने घरेलु उपायको बारेमा तपाईलाई जानकारी दिन गईरहेका छौँ ।
कागती
कागतीको रसमा जैतुनको तेल मिसाएर पिउने र त्यसलगत्तै पानी पिउने गर्नाले साना स्टोन फुटेर पिसाबमार्फत निस्किन्छ ।
अनारको जुस
अनारको जुस पनि किड्नीमा हुने स्टोन हटाउनको लागि लाभदायक मानिन्छ । अनारको जुसमा किड्नी स्टोन हराउने तत्व पाईन्छ । त्यसैले किड्नीमा स्टोन भएकाहरुले दिनमा एक अथवा दुई ग्लास अनारको जुस खाने गर्नु उत्तम हुन्छ ।
राजमा
राजमामा फाइबर, वनस्पतिक प्रोटिन, भिटामिन बी र मनरल्स पाइन्छ, जसले पिसाब नलीलाई सफ ागर्न र किड्नीलाई सफा गर्न मद्दत गर्छ । साथै यसले किड्नी स्टोन बन्ने र बढ्ने क्रमलाई पनि रोक्छ ।
तुलसी
किड्नीलाई स्वस्थ राख्न दिनहुँ तुलसी चिया पिउने गर्नु लाभदायक हुन्छ । एक चम्चा तुलसीको पातको रस र मह एकसाथ पिउनुपर्छ । यसरी लगातार ६ महिनासम्म तुलसीको रस र मह मिसाएर खाँदा पथरी निस्किन्छ ।
खाना बार्ने
चकलेट, चुकन्दर, स्ट्रबेरी, ओखर, मरिच, पालक, कुरिलो जस्ता खानाले स्टोन बढाउने भएकाले यस्तो खाने कुराहरु नखानु उत्तम हुन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.