काठमाण्डु, ६ असार– सोमबार अफगानिस्तानमा भएको आत्मघाती हमलामा क्यानेडियन दूतावासमा कार्यरत १४ नेपालीको ज्यान गयो । सो हमला त्यहाँको आतंकवादी संगठन तालिवानले गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । यस्तोमा विश्वमा गोरखा सैनिकका रुपमा चिनिने नेपाली सेनाका भूपु सैनिकको हत्या गरिनुलाई यहाँ दुई कारणसँग जाडेर हेर्न खोजिएको छ ।
कारण नम्बर १
अफगानिस्तानको हेल्मड प्रान्तमा सक्टेम्बर २०१० को एक रात थियो । रोयल गोरखा रायफल्सका हवलदार दीपप्रसाद दोमनजिली चौकी मा तैनाथ थिए । त्यसैबेला उनले त्यहाँ केही आवाज सुने । हेर्दा दुई व्रिद्रोहीले नजिकैको सडकमा केही विस्फोटक पदार्थ राख्ने प्रयास गरिरहेका थिए । उनले आफू चारैतिरबाट घेरिएको अनुमान लगाए ।
एकैछिनमा त्यहाँ असाधारण गोली र ग्रिनेड पक्डिउको आवाज चारैतिर गुञ्जिन थाल्यो । पुनको चौकी पूर्णरुपमा ध्वस्त पार्ने योजनाका साथ तालिवान लडाकुले यस्तो योजना बुनिसकेका थिए । जसस्वरुप त्यहाँ हमला भइरहेको थियो ।
तर, पुन कत्ति पनि डराएनन् । उनले हिम्मत र जोशका साथ आफ्नो मेसिनगन उठाए र धुवाधार गोली बर्साउन सुरु गरे । उनले तालिवानलाई स्वास फेर्नेसमेत मौका दिएनन् । उनले पहिले १७ ग्रिनेडले हमला गरे र जब ग्रिनेड सकियो तब एसए ८० सर्विस राइफल उठाएर उनीहरुमाथि दनादन गोली बर्साउन सुरु गरे । यहाँसम्म कि दुश्मनविरुद्ध ल्याडमाइन फ्याक्नसमेत भ्याए । उनले एक्लै त्यहाँ ३० तालिवानको एक चिहान बनाइदिए ।
उनका साथीहरुको पनि सहयोगमा क्याम्प हमला गर्ने तालिवानको योजना विफल भयो । त्यसले विश्वभर गोरखा सेनाको हाइहाइ भयो ।
सो घटना भएको ६ वर्ष पुग्दा कतै तालिवानले सोही घटनाको बदला लिनका लागि नेपालीको हत्या गरेका होइनन् भन्ने एउटा प्रश्न उठेको छ । विश्वमा नै चर्चा आतंकवादी संगठनको रुपमा चर्चा कमाएका तालिवानले सोमबार १४ नेपालीको ज्यान जानेगरी निकै तयारी र सुजबुझका साथ हमला गरेको देखिन्छ । त्यसैले पनि यसलाई एक आधार मान्न सकिन्छ ।
कारण नम्बर २
नेपाली सेना गोरखा सेनाका रुपमा विश्वभर परिचित छ । विश्वयुद्धमा होस् या शान्ति सेनामा गएका बेला वा कुनै पनि देशको सुरक्षाका लागि खटिएका बेला नेपाली सेनाले देखाएको बहादुरीताको हालसम्म पनि विश्वभर प्रशंसा गरिन्छ ।
सोमबार अफगानिस्तानमा १४ पूर्वनेपाली सेना र हाल सेक्युरेटी गार्डका रुपमा कार्यरत नेपालीको हत्या हुँदा विश्वभर हेडलाइन बन्दा धेरैले नेपाललाई गोरखा सेनासँग जोडेर हरे ।
यहाँनिर तालिवानले विश्वभर तिनै गोरखा सेनाका रुपमा चिनिने नेपालका पूर्वसैनिकको हत्या गरेर विश्वमा एउटा छाप छाड्न चाहेको हुनसक्छ । यात विगतदेखि नेपालीले अफगानिस्तानमा दिँदै आएको कडा सुरक्षाको प्रभावले तालिवान हिचकिचिएको पनि ।
अथवा उसले नेपाल र नेपालप्रति गोरखा सैनिकको रुपमा विश्वभर रहेको शानलाई गिराउने मनसाय राखेको पनि हुनसक्छ । त्यसो त हमलामा मारिने नेपाली नेपाली सेना वा अन्य कुनै मिसनसँग आवद्ध नरहेर सुरक्षा गार्डका रुपमा आवद्ध थिए, तर उनीहरु पक्कै पनि पूर्वसेना भने थिए ।
अरु कारण पनि हुन सक्छन्
माथि उल्लेख गरिएका कारण केवल सम्भावना र तालिवान र गोरखा सैनिकबीच यसअघि भएका घटनाका आधारमा दिइएको हो । त्यसबाहेक उसले अफगानिस्तानलाई नै सुरक्षा चुनौति दिनका लागि, आफ्नो शक्ति प्रदर्शन गर्नका लागि या अन्य कुनै मनसायले घटना गराएको हुनसक्छ त्यो त अध्ययन, अनुसन्धान मार्फ नै खुल्ला तर, अहिलेलाई हामीले सामान्य रुपमा बुझ्ने आधार भने यिनै रहेका छन् ।
source : Kathmandu today


0 comments
प्रतिक्रिया दिनुहोस्...