उर्लाबारी । मोरङ राजघाट—७ आसामेटोल घर भई पथरी बस्दै आएकी मृगौला रोगबाट पिडीत सुकमाया लिम्बूको मंगलबार निधन भएको छ । बिराटनगरस्थित नोबेल हस्पिटलमा झण्डै अढाई महिना उपचार पश्चात हस्पिटलले घर लान सल्लाहा दिएपछि घर ल्याइएको २ दिनमै २५ बर्षीया सुकमायाको मध्यान्न १२ बजे निधन भएको हो ।
उनको स्थानीय सुनझोडा खोलामा जातिय परम्परा अनुसार अन्तेष्टी गरिएको छ ।सकुमायाको उपचारका लागि देशविदेशबाट सहयोग जुटेको थियो । तर अथक प्रयास गरेपनि जोगाउन नसकिएको पारिवारले जनाएको छ । राजघाटबाट सहयोग संकलनमा अगुवाई गर्नुभएका राजकुमार योन्जनले सुकमायाको उपचारमा सहयोग गर्नुहुने सबैमा धन्यवाद प्रकट गर्दै मृत्युसँगको संघर्ष जित्न नसकेको बताए ।
‘पैसाको कारण उपचार त रोकिएन मेचीदेखी महाकाली सम्मका नेपाली दाजुभाईले सहयोग गरिदिनुभयो, तर दैवको लिला सुकमायालाई बचाउन सकिएन्, योन्जनले दुखित हुँदै भने । सुकमायाको भाई रोहिनले विदेशबाट झण्डै ८ लाख रुपैंया सहयोग भएको बताए । तर उपचारको क्रममा सबै रकम सकिएको र परिवारलाई पनि ऋण लागेको बताइएको छ ।पुर्वेली न्युज बाट


0 comments
प्रतिक्रिया दिनुहोस्...