एजेन्सी । भनिन्छ, विवाह दुई परिवारका साथै दुई आत्माको मिलन पनि हो, जुन विश्वासको भरमा चल्ने गर्छ । तर भारतको कर्नाटक उच्च अदालतमा पति र पत्नी दुवैले एक अर्काका विरुद्ध यौन सम्बन्ध नराखेको भन्दै सम्बन्ध विच्छेदको निवेदन दिएका छन् ।
उच्च अदालतले पनि विवाह पश्चात कुनै सम्बन्ध नबनाएको भन्दै सम्बन्ध विच्छेदको स्वीकृति दिएको छ । उच्च अदालतको फैसलामा भनिएको छ, ‘यो घटना कुनै शारीरिक अक्षमता या कुनै दोस्रो कारणबाट यौन असफलताको हैन ।
यो विवाहपछि पहिले केटाको घर र त्यसपछि केटीको घरमा रिसेप्सन आयोजित गरिन्छ ।’ पत्नीले विवाहपछि जागिरबाट शिफ्ट हुन मानिनन् । दुई महिनापछि उनले सरुवा नमिल्ने बताइन् ।
पत्नीले पतिको परिवारको तर्फबाट आयोजना गरिएको ‘फस्ट नाइट समारोह’ मा पति सामेल नभएको आरोप लगाएकी छन् । उनीहरुलाई सम्बन्ध विच्छेदका लागि अदालतल मन्जुरी दिएको छ । नेपाल शन्देसबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...