-->
काठमाडौं–चीनले मुस्ताङमा पर्ने सीमानाका कोरला बुधवारदेखि २५ दिनका लागि खुला गरेको छ । वर्षेनी सीमा क्षेत्रमा हुँदै आएको व्यापारिक मेलाका लागि नाका खुला भएको जानकारी मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिए । उनले बिहीबारबाट व्यापारिक कारोबार हुने पनि बताए । चीनले एक दशकभन्दा अघिदेखि सीमामा तारबारसहित कोरलामा गेट बन्द गरेको छ । त्यसअघि उत्तरी मुस्ताङका बासिन्दा चीनको तिब्बती पठारमा सजिलै आउजाउ गर्ने गर्थे । तर बजारसम्म भने उनीहरुको पहुँच हुँदैनथ्यो । चीनले कोरलाको गेटमा ताला लगाउनुअघि देखि नै यसरी मेला लाग्दै आएको हो । लोमान्थाङका अगुवा इन्द्रधारा विष्टले तिब्बतको ढोङ्बासेन जिल्ला र उपल्लो मुस्ताङका व्यापारीको सहकार्यमा मेला हुन लागेको बताए । कोरला नाकाभन्दा ३ किलोमिटर टाढा चीनको तिब्बती भागमा मेला हुन लागेको जाकनारी अधिकारीले दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

काठमाडौं–चीनले मुस्ताङमा पर्ने सीमानाका कोरला बुधवारदेखि २५ दिनका लागि खुला गरेको छ । वर्षेनी सीमा क्षेत्रमा हुँदै आएको व्यापारिक मेलाका लागि नाका खुला भएको जानकारी मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिए ।
उनले बिहीबारबाट व्यापारिक कारोबार हुने पनि बताए । चीनले एक दशकभन्दा अघिदेखि सीमामा तारबारसहित कोरलामा गेट बन्द गरेको छ । त्यसअघि उत्तरी मुस्ताङका बासिन्दा चीनको तिब्बती पठारमा सजिलै आउजाउ गर्ने गर्थे । तर बजारसम्म भने उनीहरुको पहुँच हुँदैनथ्यो । चीनले कोरलाको गेटमा ताला लगाउनुअघि देखि नै यसरी मेला लाग्दै आएको हो ।
लोमान्थाङका अगुवा इन्द्रधारा विष्टले तिब्बतको ढोङ्बासेन जिल्ला र उपल्लो मुस्ताङका व्यापारीको सहकार्यमा मेला हुन लागेको बताए । कोरला नाकाभन्दा ३ किलोमिटर टाढा चीनको तिब्बती भागमा मेला हुन लागेको जाकनारी अधिकारीले दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.