-->
एउटा सिँगै सुँगुर र १४ लिटर रक्सीले तीन जनाको ज्यान लियो

असार ५, महोत्तरीमा अत्याधिक लोकल मदिरा सेवनबाट तीन जनाको ज्यान गएको छ भने एक जना बिरामी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले मदिरा सेवनबाट सहसौला गाविस ६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र ज्वाँई गौशाला नगरपालिका ७ का पञ्चा मल्लिकको मृत्यु भएको बताएको छ ।
जिल्लाको सहसौला गाविस ६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिकले आफ्नो १४ बर्षीय नाति उदय मल्लिकको विवाहको लागि १५ दिन अघि जनकपुरको कुवा रामपुरका मिश्री मल्लिको घरमा केटी हेरेका थिए ।
रामवृक्षले केटा हेर्न मिश्रीलाई समय दिएपछि केटा पक्षले दिएको समय अनुसार केटी पक्षबाट बिहिबार आफ्ना ५ आफन्त लिएर रामवृक्ष मल्लिकको घर सहसौला आएका थिए ।
उनीहरु केटा हेर्न एक रात सहसौलामा बसे । शुक्रबार विहान उनीहरुको लागि भन्दै भगौतिपुरबाट सुँगुरको मासु सँगै स्थानीय बजारबाट लोकल घरेलु रक्सीको पनि व्यवस्था गरियो ।
रामवृक्षले पाहुनालाई राम्रै स्वागत गरे । तर, जोडी नमिलेको भन्दै दुवै पक्षबीच विवाहको कुरा फाइनल हुन सकेन । पाहुनाहरु आफ्ना घर तिर गए ।
रामवृक्षले घरमा आफ्ना अन्य नातेदारलाई पनि बोलाएका थिए । आफ्ना सम्धी औरही ३ निवासी बद्री मल्लिक र छोरी ज्वाई गौशाला नपा ७ का पञ्चा मल्लिकलाई आउन भनेर निम्तो गरेका थिए । सोहि अनुसार सम्धी र ज्वाई पनि सहसौला आएका थिए ।
शुक्रबार केटीपक्षका पाहुना पठाएर रामवृक्षले घरतर्फका पाहुनालाई एक दिन आग्रह गरेपछि पाहुनाहरु पनि उनको कुरा मानेर बसे । शुक्रबारको भोलिपल्ट अर्थात हिजो शनिबार रामवृक्षले घरमा बोलाएका आफ्ना पाहुनालाई पनि लोकल रक्सी र सुँगुरको मासु खुवाएर घर पठाउन योजना बनाए ।
घरमा पालिएको करीब १३ केजीको सुँगुर पनि काटेर फेरि पाहुनाको लागि घर छेउकै विर्ता बजारका विनोद चमार रामको पसलबाट लोकल रक्सी ल्याइयो । रामवृक्ष, उनका छोरा प्रकास केटा उद्यको वुवा, ज्वाई पञ्चा र सम्धी बद्री शनिबार विहानै देखि रक्सि खाएर रमाइलो गरे ।
विहानदेखि चारै जना बसेर रक्सी र मासु खाइरहे, यति खाएकी उनीहरु चार जना मध्ये तीन जनाको शनिबार राति मृत्यु भयो । एक जना गम्भिर विरामी भए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रवीन्द्र खनालले रक्सि सेवनबाट रामवृक्ष, उनका छोरा प्रकास, ज्वाई पञ्चाको शनिबार राति १२ बजे मृत्यु भएको बताएका छन् ।
प्रहरी निरीक्षक रवीन्द्र खानालका अनुसार, मृतक तीन जना र गम्भिर घाइते भएका एक जना गरि चार जनाले १४ लिटर मदिरा सेवन गरेका थिए ।
रक्सि सेवनबाट गम्भिर घाइते भएका रामवृक्षको सम्धी बद्रीको उपचार रामगोपालपुर स्थित प्राथमिक उपचार केन्द्रमा भइरहेको छ । मृतक तीनै जनाको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर ल्याइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.