सनातन धर्म दर्शनले नारीहरुको महिनाबारी हुदा खेरि केहि दिन बार्नु पर्ने नियम छ ,जसलाई हामी केहि पढेलेखेको भनाउदोहरु रुढीवादी ,अन्धविश्वास भन्छौ तर त्यो भित्रको वास्तविक सत्यता बुझ्ने कोशिस कहिले गर्दैनौ | नारीको स्वास्थ्यलाइ ध्यानमा राखेर नै हाम्रा अग्रज ऋषिमुनिहरूले यसलाई लागु गरेका हुन् त्यो पनि गहन अध्यन गरेर नै | त्यो समयमा नारीलाई अधिक रक्तश्राब भै स्वास्थ्यमा कमजोरी हुने देखेर नै त्यो बार्ने नियम लागु गरिएको हो | जुन आजको अत्याधुनिक युगमा पनि उतिकै उपयोगी छ |तर यसको उपयोगिता लाई छोरीबुहारी बसेर खाए भन्दै त्यो बेलाका केहि धर्मभीरु पाखण्डीहरुले नारीलाइ अझै काममा लगाए |
जसले गर्दा यो नारी उपयोगी प्रथालाइ बदनाम गरायो | विश्व स्वास्थ्य सङ्गठको एक अनुसन्धान अनुसार नारीमा लाग्ने अनेमिया नामक रोग रगतको कमीले हुन्छ ,जसको केहि कारण मध्य एक कारण महिनाबारीको समयमा अधिक रक्तश्राब हुनु पनि हो र त्यो अधिक रक्तश्राब महिनाबारी हुदा धेरै काम गरेर पनि हुन्छ | जसको कारणले नारीको मृत्यु पनि हुने गरेको छ | महिनाबारी हुदखेरी अधिक रक्तश्राब भै मृत्यु हुने नारीहरुको संख्या नेपालमा पनि धेरै छ |
अब यहाँ प्रश्न हाम्रो आधुनिक सोचाई पाखण्डी कि हाम्रो पुर्बजहरुले शुरु गरेको प्रथा पाखण्डी ?
ऋषिमुनिहरूले जुन प्रयोजनको लागि यसलाई थालनी गरेका छन् सोहि प्रयोजनको लागि यसलाई लागु गर्ने हो भने नेपालमा महिला मृत्यु दरलाइ कम गर्नु निकै ठुलो भूमिका खेल छ |


0 comments
प्रतिक्रिया दिनुहोस्...