-->
आजै लाग्दैछ ओलीले सरकार छाड्ने नछाड्ने टुंगो

काठमाण्डु, २३ जेठ– केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने या नयाँ सरकारको बाटो खोल्ने भन्ने विषयमा शनिबार नै टुंगो लाग्ने भएको छ ।
शनिबारदेखि सुरु भएको एमालेको आइतबार बालुवाटारमा बस्ने स्थानी सममिति बैठकले माओवादीसँग भएको भद्र सहमति र सरकारको निरन्तरताको विषयमा छलफ गर्ने भएको हो ।
माओवादीसँग वैशाख २३ गते भएको भद्र समहतिको कुरा उठेपछि एमालेभित्र विवाद चुलिएको छ । एमालेका नेता झलनाथ खनाल, माधवकुकमार नेपाल र बामदेव गौतम भद्र सहमति भएको र त्यसको पालना गर्नुपर्ने बताउदै आएका छन् भने ओली पक्षधर त्यसलाई मान्न तयार छैनन् ।
बैठक अपराह्न ४ बजे बस्दै छ । शनिबारको बैठकमा ओलीले आगामी चुनाव नहुदासम्म सरकार परिवर्तन गर्न नहुने बताएका थिए भने केहीले भद्र सहमति पालना गर्नुपर्ने धारणा राखेका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.