जापानमा आधाजसो दम्पतीले सहवास नगर्ने अनौठो तथ्य सार्वजनिक भएको छ। कन्डम निर्माता कम्पनी सागमी गोमुले गरेको सर्वेक्षणअनुसार जापानमा आधाजसो वैवाहिक सम्बन्ध सम्भोग रहित हुन्छन्। यसको कारण पनि निकै डरलाग्दो छ। जागिर गर्ने श्रीमतीहरूले बाहिरै परपुरुषसँग सम्बन्ध राखेकै कारण लोग्नेस्वास्नीबीच यौनसम्पर्क नहुने तथ्य उक्त सर्वेक्षणले सार्वजनिक गरेको छ।
सर्भेक्षणमा सहभागी ५ सय जना (४० वर्षका) महिलामध्ये ११ प्रतिशतले परपुरुषसँग सम्भोग गर्ने गरेको स्वीकार गरे। त्यस्तै १२ प्रतिशतले परपुरुषसँग सम्भोग गर्न मन पराउने जवाफ दिए। केही महिलाले नैतिक रूपमा परपुरुषसँगको सम्बन्धका बारेमा आफुले सोच्न पनि नसक्ने बताए। १० प्रतिशतले त आफूले परपुरुषसँग राखेको सम्बन्धका बारेमा लोग्नेले थाहा पाउँछ कि भनेर निकै डर लाग्ने गरेको जवाफ पनि दिए। परपुरुषसँग सल्किने महिलाहरूमध्ये ३१ दशमलव ५ प्रतिशतले अफिसमै रतिक्रीडा गर्ने गरेको बताए। २४ प्रतिशतले इन्टरनेटमार्फत सम्बन्ध कायम गर्दा रहेछन् भने साढे १८ प्रतिशत आफ्नो पहिलेको प्रेमीसँग सम्भोगमा मग्न हुँदा रहेछन्। त्यसरी परपुरुषसँग सम्बन्ध राख्नेमध्ये ६८ दशमलव ५ प्रतिशतले यस्तो सम्बन्धलाई लिएर आफूमा कुनै पश्चाताप नभएको बताए।sambadmedia.com बाट


0 comments
प्रतिक्रिया दिनुहोस्...