जेठ २३, नेपाली जनताका नजरमा सेलिब्रेटी प्रहरीको छवि बनाएका वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेल संयुक्त राष्ट्र संघको उच्च पदमा नियुक्त भएका छन् । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्र्तगत खरेल अफ्रिकी मुलुक सुडानको डार्फरमा प्रोफेसनल (पि–४) तहमा नियुक्त हुनुभएको हो ।
जिल्ला प्रहरी प्रमुख रहँदा वीरगञ्ज, पोखरा, काठमाडौं लगायतका जिल्लामा अपराध उन्मूलनका लागि अपराधीहरुको सफाया अभियान चलाएर चर्चित रहनुभएका खरेल नेपाल प्रहरीकाा थोरै अधिकृतले मात्र सफलता पाएको सो पदमा प्रतिस्पर्धाबाट चयन हुनुभएको हो ।
शान्ति मिसनमा पि–४ उच्च तहको पदका लागि आव्हान गरिएको ग्लोबल भ्याकेन्सीमा प्रतिस्पर्धा गरी उहाँले उक्त अवसर पाउनुभएको हो । खरेल जस्तै लोकप्रिय अर्का एसएसपी पुष्कर कार्की पनि हाल सोही पदमा अर्को अफ्रिका मुलुक लाइबेरियामा कार्यरत हुनुहुन्छ ।
राष्ट्रसंघमा पि–४ तहमा काम गर्ने अधिकारीको तलब करिब २० लाख रुपैयाँ हुन्छ । खरेल १ वर्षका लागि उक्त पदमा नियुक्त हुनुभएको हो ।नेपालजापान डटकमबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...