गौशाला, जेठ २८ – महोत्तरीको पोखरभिन्डा गाविसबाट सशस्त्र प्रहरीले शुक्रबार बेलुका पेस्तोल र त्यसमा लाग्ने गोलीसहित सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ६ जना भारतीय र एक जना नेपाली रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सुन्दर खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भारत बिहारको सितामढी जिल्लाअन्तर्गत महुवाका राजकुमार राम, भतौलीयाका हीराकुमार महतो, सिर्सियाका रामबली कुमार, दिनेशकुमार महतो, रञ्जितकुमार सुडी, अजितकुमार महतो र नेपालतर्फका महोत्तरी गौशाला नगरपालिका–१ का अमनकुमार साह छन् ।
उनीहरुलाई पोखरभिन्डा बजारबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट एकथान पेस्तोल, गोली तीन राउन्ड र एकथान म्याग्जिन बरामद गरेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...