काठमाडौं, १३ असार – आगामी साउनभित्रै फोहोरबाट ग्यास बन्ने प्रविधि नेपाल भित्र्याइने भएको छ । जैविक फोहोरलाइै प्लान्टमा हालेर पेलेपछि ग्यास निस्कन्छ । ग्यासबाट खाना पकाउनुका साथै बिजुली उत्पादन पनि गर्न सकिन्छ ।
काठमाडौं महानगरले भने ग्यास निकाल्ने भएको छ । यूरोपियन यूनियन र महानगरले पाइलट प्रोजेक्टका रुपमा फोहोरबाट ग्यास उत्पादन खगर्न लागेको हो । ‘साउन मध्यभित्रमा ग्यास पनि ग्यासबाट बिजुली उत्पादन गर्छौ’, महानगरका वातावरण विभाग प्रमुख रबिमान श्रेष्ठले भने, ‘काम अघि बढिरहेको छ ।’
राज एण्ड रिवाज सप्लायर्स प्रालि, नेप्लिज वेस्ट र सिवान जेभीले कामको जिम्मा पाएका छन् । १ करोड ८२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको राज एण्ड रिवाजका कुन्दनकुमार सिंहले जानकारी दिए ।
ग्यास उत्पादन गर्ने डाइजेस्ट प्लान्ट भारतमा बनिरहेको उनले जानकारी दिँदै यही महिना नेपाल आइपुग्ने बताए । प्लान्ट टेकुको ट्रान्सपोर्ट एक्सन स्टेसनमा राखिनेछ ।
कान्तिपुर दैनिकबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...