-->
धनगढीमा प्रचण्ड थुनियो!!

२९ जेठ,काठमाडौं ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थुनिएका छन् । पब्लिक मिडिया क्लबले धनगढीको चटकपुरमा खालेको नयाँ कार्यालयमा जाने क्रममा लिफ्ट नचल्दा प्रचण्ड थुनिएका हुन् ।
तीन मिनेट थुनिएपछि मात्र लिफ्ट खुलेको थियो ।
फुलमाला बोकेर पाँचौ तलामा थुनिएको जानकारी गराएपछि माओवादी कार्यकर्ताले लिफ्टको ढोका तोडेर प्रचण्डलाई
निकालेका थिए । प्रचण्ड आउनु अघि क्लबमा आएका थुप्रैले लिफ्ट चढेर पाँचौ तल्ला पुगे पनि शनिवार प्रचण्ड, नारायणकाजी श्रेष्ठ र सुरक्षाकर्मीले चढेका बेला पाँचौ तल्लामा पुगेर लिफ्ट समयमा नखुलेपछि हाहाकार मच्चिकिएको थियो ।
कार्यक्रमपछि भने प्रचण्ड लिफ्ट नचढी पैदलैबाट तल झरे । माओवादीका कार्यकर्ताले भने मिडिया क्लबसँग आक्रोश व्यक्त गरेको छ । पार्टी एकता भेलाको लागि प्रचण्ड देश दौडामा रहेका छन् ।nepaliheadlines


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.