२१ लाख आप्रवासी कामदार संगै पाच लाखको हाराहारीमा नेपाली कामदार रहेको मलेसियामा निजी क्षेत्रमा रहेका कामदारहरुको मासिक पारिश्रमिक न्यून रुपमा वृद्धि हुने भएको छ।
गत बर्ष बजेट भाषण संगै प्रधानमन्त्री नाजिब रजाकले कामदारको तलब वृद्धिको घोषणा गरेको करिब आठ महिना पछि यश वर्ष जुलाई एक तारिख बाट लागू हुने गरि मासिक ९०० मलेसियन रिङ्गिट बाट १००० रिङ्गिट हुने भएको छ। तर तलब वृद्धि हुन अगाबै सरकारले आप्रवासी कामदारको लेबी शुल्क वृद्धि गरिसकेको छ।
मासिक १०० रिङ्गिट बढे पनि कामदारलाई भने कुनै फाईदा नहुने देखिन्छ । उत्पादन क्षेत्रमा वार्षिक १२५० आरएम बाट ६०० आरएम बढाएर हाल वार्षिक १८५० आरएम सरकारलाई बुझाउनु पर्नेछ त्यसैगरी हरेक कामदारले कोठा भाडा प्रति महिना आरएम ५० तिर्नुपर्ने प्रावधान रहेको छ। यो हिसाबले हेर्दा कामदारलाई कुनैपनी फाईदा नहुने देखिन्छ । आर्थिक मन्दी ले ग्रस्त बनिरहेको मलेसिया तलब वृद्धिको बहानामा रोजगारदाता लाई मारमा पार्दै सरकार लाभान्वित हुन खोजिरहेको स्थानीय रोजगारदाता हरु बताउँछन् । मलेसियन सरकारको यो निति प्रति रोजगारदाता कम्पनी भने असन्तुष्टि जनाईरहेका छन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...