काठमाडौं, ८ असार । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले अफगानिस्तानमा आतङ्ककारीको बर्बर आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका शव सम्बन्धित परिवारजनलाई उहाँहरुकै घरमा पुर्याउन सरकारको ध्यानकर्षण गराउनुभएको छ ।
उहाँहरुले मृतकले पाउने बिमालगायतका अन्य सुविधाका लागि पहल गर्न सरकारलाई सुझाव दिनुभयो ।
यसरी आफ्नो धारणा राख्ने सांसदहरुमा शिवचन्द्र चौधरी, शेषनाथ अधिकारी, सरस्वती वजिमिया, सरुवाखान हलुवाई, हितराज पाण्डे, सिद्धिलाल सिंह, सूर्यप्रकाशवाला राई, सञ्जयकुमार गौतम, हरिबहादुर राजवंशी, ज्ञानकुमारी छन्तेल हुनुहुन्थ्यो ।
सोमबार विहान अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आतंकवादी हमलामा १२ नेपालीसहित १४ जना मारिएका थिए भने ९ घाइते छन् ।
नेपालीहरुलाई आज विमान चार्टर गरेर नेपाल ल्याइँदैछ । रासस
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...