-->
ध्यान दिनुहोसः पाँच बानी जसले तपाइलाई असफलतातर्फ धकेल्छ

एजेन्सी । हरेक व्यक्ति जिवनमा सदैव सफल हुन चाहन्छ । भनिन्छ, असफलता मानीसको सफलताको खुडकीले पनि हो । सदैव सफल रहनका लागि हरेक मानीसले संघर्ष गर्नै पर्छ । संघर्ष गर्दा गर्दै पनि तपाईका यस्ता बानीले गर्दा तपाइलाई असफलता तर्फ धकेली नै रहन्छ । जुन निम्न छन्
१. योजना बिहीनः
तपाइले कुनै काम गर्नु पुूर्व योजना बनानु भएन भने तपाईका लागि त्यो निकै घातक हुन जान्छ । योजना बनाउँदा आउने दिनहरूमा के–के गर्ने, कसरी गर्ने भन्ने कुरामा ध्यान दिनु आवश्यक छ ।
२. प्रयास गर्न डराउनेः
एक पटक हार खायो भनेर निरास हुने बानी छ भने त्यो बानी तत्काल बन्द गर्नुहोस । काम गर्दा कुनै गल्ती कमजोरी भएको खण्डमा डराउने बानी छ भने त्यो पनि बिस्तारै हटउदै जानुहोस । एउटा सानो गल्तीबाट हैरान हुँदा तपाईँको अमूल्य समयको त नाश हुन्छ, सँगै अगाडि बढ्ने हिम्मत पनि कमजोर हुँदै जान्छ ।
३. हरेस खाने बानी छ भने तत्काल बन्द गर्नुहोसः
नेपालीमा एउटा भनाई छ बरु ‘चरेस खानु, हरेस नखानु’, यसको चरेस खानुहोस् भन्ने अर्थ लगाउन खोजेको होईन । यसको मतलब हार मान्नु हुदैन भन्ने खोजेको मात्र हो ।
४. आत्मविश्वास नगुमाउनुहोसः
आफैले गरिरहेको काममा विश्वास गर्नुभएन भने सफलतना पाउन निकै समस्या पर्दछ । आफैले आफैलाई विश्वास नगर्दा मेहिनेत खेर जाने छ ।
आफूले गर्न लागेको कामबाट सफल नहुञ्जेलसम्म दिमागलाई अन्त नमोड्नुहोस् ।
५. नचाहिने बहाना बनाउनेः
अल्छीहरूले बनाउँछन्, फटाहाले बनाउँछन् । अल्छी गर्नुहुन्छ भने त्यस्तो बानी तत्काल बन्द गर्नुहोस । काम गर्न सक्नु भएन वा गर्न सकिएन भन्ने बहाना बनाउन थाल्नुभयो भने, तपाँईको विभिन्न सुवर्ण मौका गुम्न पुग्दछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.