काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक विकासबाटै देशको सम्बृद्धि सम्भव भएको कुरामा नेपाली कांग्रेस पनि सहमत रहेको बताएका छन् ।
नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामामा शुभकामना मन्तब्य दिने क्रममा देउवाले सबै राजनीति दलहरु मिलेर आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिए ।
यस्तै नेकपा माओवादी केन्द्रका हेर्डक्वाटर सदस्य कृष्णबहादुर महराले आर्थिक विकासका लागि स्थीरता आवश्यक रहेको भन्दै सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
उनले नयाँ शक्ति राजनीतिक वैकल्पि शक्तिको रुपमा आएपनि उ एक्लैले आर्थिक समृद्धि सम्भव नहुने भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...