-->
चेपुवामा परेपछि विष्फोटको रुप लिंदै नारायणकाजी

काठमाडौं, २० जेठ । आफू सर्वहारावादी नेता भएको देखाउन हदैसम्मको ‘स्टन्ट’ दिने गरेका नारायणकाजी श्रेष्ठका गतिविधि दिन प्रतिदिन उदाङ्गिन थालेका छन् ।
नेकपा माओवादी केन्द्रमा नारायणकाजीलाई तानेर तेस्रो नम्बरमा पुगाउने तयारी भएपछि रिसाएका उनले पार्टीभित्र समानान्तर संगठन चलाएको आरोप छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
सोमबार राति ललितपुरस्थित आफ्नो निवासमा मदिरा पाटी दिएर सबैलाई चकित तुल्याएका श्रेष्ठले रामबहादुर थापा, मणि थापा, तिलक परियार, जयपुरी घर्ती जस्ता नेताहरूलाई बोलाएनन् । उनले राजनीतिक दाउपेचका कारण ती नेताहरूलाई नबोलाएको स्रोतको भनाइ छ ।
यतिसम्मकी मदिरा पाटीको सूचना ‘लिक’ हुन्छ भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल र उनका सुरक्षाकर्मीहरूलाई समेत पाटी भएको स्थानमा जान दिइएको थिएन । प्रकाशसहितको समूह बाहिर बसेर अध्यक्ष दाहालसँगै फर्किएको थियो । मनमा कुरा राख्न नसक्ने ‘भुँडी’ मा पाप नभएका प्रकाश दाहालले यसअघि नारायणकाजीको दोहोलो काढी सकेका छन् । प्रकाश दाहालसँग त्रसित नारायणकाजीले सोही रिस पोख्न पाटी भएको स्थलभित्र प्रवेश नदिएको बताइन्छ ।
कतिपय गोप्य कुरा पनि प्रकाश दाहालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । आफूलाई चित्त बुझेन भने प्रकाशले कुनै न कुनै माध्यमबाट अभिव्यक्त गर्ने गरेका छन् । उनको यो बानीलाई पार्टीका केही नेताहरूले मन पराउँदैनन् । त्यसको घाटा प्रकाश दाहाललाई पनि व्यक्तिगत रुपमा पर्ने गरेको छ ।
नारायणकाजीको मदिरा पाटी खान प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री विजय गच्छदार, उर्जामन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, अख्तियारले डामेका साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षित, पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल, कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा, केही साप्ताहिकका सम्पादक, भारतीय राजदूत रञ्जित रेसहितका सीमित व्यक्तिलाई बोलाइएको थियो । मदिरा पाटीमा त्यति धेरै रकम कहाँबाट कसरी खर्च भयो त्यसको हिसाबकिताब नारायणकाजीले दिएका छैनन् । उनी अहिले सांसद पनि छैनन् ।
नेकपा माओवादी केन्द्रमा आफ्ना मान्छेलाई पनि गाउँदेखि केन्द्रसम्म राख्नु पर्छ भन्दै लामो सूची अध्यक्ष दाहाललाई बुझाएका नारायणकाजीले रामबहादुर थापालाई दोस्रो बरीयतामा राखिए पार्टी छाड्ने चतावनी दिएको स्रोतले जनाएको छ । उनले आफ्नो पहिलाको पार्टीलाई ब्यूताउने भनेर आफू निकटका नेताहरूसँग भन्ने गरेका छन् । पार्टी एकता पटक्कै नरुचाएका नारायणकाजीले रामबहादुर थापा र कृष्णबहादुर महरालाई आफ्नो प्रतिस्पर्धी मान्छन् ।
नारायणकाजीले पार्टीभित्रको गोप्य सूचनासमेत आफू निकटका नेताहरूमार्फत पत्रपत्रिका र अनलाइन पोर्टलहरूमा छपाउने गरेका छन् । यो गुटगत शैलीबाट आजित बनेका अध्यक्ष दाहालले नारायणकाजीलाई तह लगाउन रामबहादुर थापालाई उचालेको आरोप पनि छ । रामबहादुर थापा समूह पनि पार्टी एकीकरणको विषय भएको र पार्टीको नाम पनि नयाँ राखिएकाले समय परिवेश बदलिएको भन्दै अध्यक्ष दाहालपछि दोस्रो वरीयतामा आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । यो कुरा नारायणकाजी समूहलाई पटक्कै चित्त बुझेको छैन ।
सार्वजनिक यातायात चढेर आफूलाई सर्वहारा बर्गको नेता भन्न रुचाउने नारायणकाजीको यो हर्कतले उनी कतातिर ढल्कदैछन् भन्ने कुरा केही समयमै पर्दाफास हुने माओवादी स्रोत बताउँछ ।
dainiknepa


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.