३ असार । सुन्दर र भलाद्मी नायिकाको उपमा पाएकी निरुता सिंह पछिल्लो समय गुमनाम छिन् । उनी नेपाली चलचित्रमा नदेखिएको धेरै भइसक्यो । चार वर्षयता उनी अभिनित चलचित्र नेपाली दर्शकले हेर्न पाएका छैनन् । त्यसैले यतिबेला निरुता के गर्दैछिन्, कहाँ छिन् भन्नेबारे दर्शकमा उत्सुकता हुन सक्छ ।
दर्पणछायाँ, दक्षिणा, चाँदनीलगायत दर्जनौं चलचित्रमा अभिनय गरेर प्रशंसा बटुल्न सफल निरुता बिहीबार मुम्बईमा निर्देशक उकेश दाहालसँग देखिएकी छन् । निरुता र बलिउडका एक चलचित्रकर्मीसँग बसेर निरुताले खिचाएको तस्बिर उकेशले बिहीबार राति आफ्नो फेसबुकमा पोस्ट गरेका छन् । उकेश विगत एक वर्षदेखि मुम्बईमा आफ्नो चलचित्रको प्रचार प्रसारमा छन् ।
उकेशले निर्माण र निर्देशन गरेको किन किन चलचित्रलाई हिन्दी भाषामा डब गरेर रिलिज गर्ने तयारी भएको छ । सोही कारण उकेश मुम्बईमा बस्दै आएका हुन् । उनले आफू एउटा हिन्दी फिल्म निर्देशनमा लागेको समेत बताएका छन् ।
तस्बिरमा निरुता अलि म्याचुअर्ड र मोटी देखिएकी छन् । चलचित्र खेल्न छाडेर उनी लामो समयदेखि मुम्बईमा इन्टेरियर डिजाइनको काम गर्दै आएकी छन् । आफ्ना समकालीन नायिकाहरू विदेश पलायन हुन थालेपछि निरुता पनि मुम्बईतिर हानिएकी हुन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...