-->
ल पढ्नुहोस्, देउवाले संविधान जारी हुनुअघि दिल्लीमा कस्तो वाचा गरेका रहेछन्

संविधान जारी हुनु अघि तपाई र पुष्पकमल दाहाल भारत जाँदा पनि धर्मसम्बन्धमा केही प्रतिबद्धता व्यक्त गरेर आउनु भएको भन्ने छ । वर्तमान उपप्रधानमन्त्री कमल थापाले दिल्लीमा के के प्रतिबद्धता गरेर आउनु भयो, त्यो पूरा नभएकोले समस्या भएको हो भन्नु भएको पनि चर्चामा आएको थियो नी ?
– खासगरी हिन्दुवादी पार्टीहरुसँग हिन्दुराष्ट्र राख्न गाह्रो छ । तर धर्मनिरपेक्षतासम्म हटाउन सकिन्छ भनेको हो । त्यसमाथि पनि संविधानसभामा हाम्रो पार्टीको दुई तिहाई बहमुत छैन भनेकै हो । तर त्यसका लागि हाम्रो प्रयास पनि भएको हो । त्यही बोलेको हो । धार्मिक स्वतन्त्रताको कुरा गरेको हो । धर्मनिरपेक्षताको व्याख्या अनेकन भइरहेको छ । धर्मनिरपेक्षतलाई इसाइकरणको रुपमा बुझिएको छ ।
कांग्रेस एकपछि अर्को अडान लिन्छ, तर टुंगोमा पुगेको देखिँदैन । बजेट, सुनवाई समितिलगायत विषयमा यस्तै देखिएको छ । सरकार परिवर्तनको विषयमा पनि सफल हुन सक्नु भएन किन ?
– पुष्पकमल दाहाल स्वयंले आएर मलाइ भन्नु भएको हो अहिले सरकारबाट अलगिन्छौं । म विपक्षी पार्टीैको मानिसले सरकार बचाउनु पर्छ भन्ने होइन । उहाँले आफै प्रधानमन्त्री बन्ने कुरा गर्नु भयो मैले ठीक छ भने । म प्रधामन्त्री बन्न खोजेको पनि थिइनँ । नागरिक दैनिकबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.