-->
मोर्चाको बैठकमा प्रधानमन्त्री ओलीको सर्पराइज, आन्दोलनकारी नेता दंग

काठमाडौं, २१ जेठ - सुन्दा अनौठो लाग्ला, तर प्रधानमन्त्री केपी ओलीले मधेसी मोर्चालाई वार्ता आहवानसहित पठाएको विशेष पत्र आन्दोलनकारी नेताले बिहीबारमात्रै पाए।
ओलीले जेठ १० गते लेखेको पत्र बिहीबार तमलोपा कार्यालयमा पुगेको हो। तमलोपा अध्यक्ष महन्थ ठाकुरले बैठकमा बोल्दा बोल्दै प्रधानमन्त्री कार्यालयका कर्मचारीले पत्र छाडेर गएको मोर्चा स्रोतले बतायो। मोर्चाका नेताहरुले पत्र प्राप्त हुन कसरी १० दिन लाग्यो भन्ने जिज्ञासा व्यक्त गरेका छन्।
सञ्चारमन्त्री शेरधन राईले भने बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सुनाउने क्रममा आफूले नै मोर्चा नेताको घर घरमा पुगेर चिठी बुझाएको बताएका थिए। मोर्चालार्इ वार्ताका लागि पत्रै नआएको र आन्दोलनलार्इ अशान्ति भनिएकाल वार्तामा सरकारी गम्भीरता नदेखिएको मोर्चाको ठहर छ।
’बैठक हुँदाहुँदै एक जनाले चिठी बोकेर ल्याएका थिए, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले भने, त्यो वार्ताका लागि आह्वान भन्दा पनि हामीले प्रधानमन्त्रीलाइ वैशाख ३० गते पठाएको जवाफको जवाफ थियो। त्यतिकै आधारमा हामी वार्तामा जादैनौं।’
तमलोपा अध्यक्ष महन्थ ठाकुरले ओली भेटघाटका बेला राजनीतक कुरा नगर्ने, व्यक्तिगत कुरामात्रै गर्ने भएकाले संवेदनशीलताको कमी रहेको औंल्याए। आजको कान्तिपुर दैनिकमा खबर छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.