-->
धुर्मुससुन्तली फाउन्डेसनको सल्लाहकारमा मह जोडी

हास्य अभिनेता जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को स्वामित्वमा रहेको धुर्मुससुन्तली फाउन्डेसनको सल्लाहकार बनेका छन्। धुर्मुससुन्तलीको प्रस्तावलाई स्वीकार्दै महजोडी फाउन्डेसनको संस्थापक सल्लाहकार बनेका छन्।
भुईंचालोपछि सामाजिक सेवाका लागि धुर्मुससुन्तलीले फाउन्डेसन खोलेका थिए।
हास्यकलाकारले फाउण्डेशनमार्फत् समाजका लागि सकारात्मक काम गरिरहेकाले आफूहरुले सल्लाहकार बन्ने प्रस्ताव स्वीकारेको महजोडीले बताए। सल्लाह दिनुभन्दा काम गर्नु ठूलो कुरा रहेको उनीहरुको भनाइ छ। साथै उनीहरुले धुर्मुससुन्तलीलाई सिन्धुपाल्चोकको गिरान्चौरमा निर्माणाधिन एकिकृत बस्ती बनाउन लागिएका घरहरुमा नेपाली मौलिकता झल्काउनसमेत सुझाव दिएका छन्।
धुर्मुससुन्तलीले भने आफूहरुको प्रस्ताव स्वीकार गरेर फाउन्डेसनको सल्लाहकार बनेकोमा महजोडीप्रति आभार व्यक्त गरेका छन्। महजोडीको अनुभव र सल्लाहबाट आफूहरुलाई अघि बढ्न प्रेरित गर्ने उनीहरुका भनाइ छ।
यस्तै, फाउण्डेशनले सुरु गरेको गिरानचौर एकिकृत बस्ती निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको सल्लाहकारका रुपमा लीलामणी पौडेल, डा. स्वर्णीम वाग्ले, रबिन्द्र मिश्र, डा.गोविन्द पोख्रेल, दिनेश थपलिया रहेका छन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.