एजेन्सी । यदि तपाइँ राति राति अवेर सम्म स्मार्ट फोन चलाएर बस्नु हुन्छ भने सावधान हुनुहोस् विहान उठ्दा नोक्सानी पुग्न सक्छ ।शोधकर्ताहरुले राति ९ बजेपछि स्मार्टफोन चलाउने ब्यक्तिलाई अर्को दिन विहान उठेपछि कार्यक्षमता र रचनात्मकतामानकारात्मक प्रभाव पर्ने बताएका छन् । यूनिभर्सिटी अफ वाशिंगटन फोस्टर स्कूल अफ बिजनेसका शोधकर्ता क्रिस्टोफर बेन्सले राति अवरेसँगस्मार्टफोन प्रयोग गर्नेहरुको अर्को दिन कार्यक्षमता घट्ने दावी गरेका छन् ।
स्मार्टफोनमा रातिअवेर सम्मअफिसको काम या अरु कुनै काम गर्नेहरुको दिमागमा अधिक बोझ हुने र अर्को दिन कार्यक्षमता कम हुने उनको भनाई छ । शोधकर्ताहरुका अनुसार रातिअवेर सम्म स्मार्टफोन प्रयोग गर्नेहरुमा निदमा पनि समस्या देखिन सक्छ । पछिल्लो समयमा सबैको हातहातमा स्मार्टफोन हुने र त्यसको प्रयोग पनि राति अवेर सम्म नै हुने गर्छ । तर त्यसो गर्दा नोक्सानी हुन सक्ने शोधकर्ताहरुले बताएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...