काठमाण्डु, २८ जेठ– आन्दोलनरत संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नयाँ संविधान पुनर्लेखन गर्नुपर्ने कुरा दोहो¥याएका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै यादवले अहिले बनेको नयाँ संविधान नश्लवादी भएको बताउँदै पुनर्लेखन नभए आफुहरुको नेतृत्वमा खतरनाक विद्रोह हुने चेतावनी समेत उनले दिए ।
नयाँ संविधानमा भएका केन्द्रीय संरचनादेखि प्रदेश र इकाई समेत संघीयतामा लागू हुन नसक्ने बताउँदै उनले सत्तामा बस्नेहरुले यो कुरा नबुझे नयाँ विद्रोहले अहिलेको संविधान खारेज गर्ने समेत बताए ।
यादवले नयाँ संविधानमा रहेका मधेसी लगायतका आयोगहरुको कार्यान्वयणको सवालमा समेत प्रश्न उठाए । संविधानमा उल्लेख भएका आयोगहरुको क्षेत्राधिकार समेत नतोकिएकोले र केही वर्षपछि पुनर्गठन हुनसक्ने समेत व्यवस्था भएकोले त्यो उचित नभएको समेत उनको तर्क थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...