-->
यी हुन् अवैध सम्बन्धले ३ वर्षे प्रतिबन्ध लागेकी अभिनेत्री

एजेन्सी । अभिनेत्री निकिता ठकराललाई एक कलाकारसँग अवैध सम्बन्धको आरोपमा चलचित्र क्षेत्रमा  तीन बर्ष प्रतिबन्ध लगाइएको थियो ।यी अभिनेत्रीले यस बर्ष रिलिज भएको चलचित्र ‘ ट्राफिक’ मा अभिनय गरेकी छन् । उनले तमिल, तेलुगु, मलयालम र कन्नड़ भाषाको चलचित्रमा अभिनय गरिसकेकी छन् । उनी दक्षिण भारतको चर्चीत अभिनेत्रीको सुचिमा रहेकी छन् ।
भारतिय अनलाइनका अनुसार सन् २०११ मा निकिता माथि कन्नड़ कलाकार टी दर्शनसँग अवैध सम्बन्ध राखेको आरोप लगेको थियो । सो आरोप दर्शनको श्रीमती विजय लक्ष्मीले लगाएकी हुन् । उनका अनुसार निकिताको कारण दर्शनले उनि माथि हातपात गर्दथे ।विजयलक्ष्मीले दर्शन बिरुद्ध घरेलू हिंसाको मामिलामा उजुरी दर्ता गराएकी थिइन् ।
जसको कारण दर्शनलाई प्रहरीले पक्राउ गरेको थियो । विजयलक्ष्मीले उजुरी फिर्ता लिएपछि प्रहरीले दर्शनलाई जेल मुक्त गरिएको थियो । तर अवैध सम्बन्धको आरोप निकिताको लागि महङगो सावित भयो । कन्नड चलचित्र प्रोड्यूसर्स एसोसिएशनले उनलाई १० सेक्टेम्बर २०११ देखि तीन बर्षको लागि चलचित्र क्षेत्रमा प्रतिबन्ध लगायो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.