-->
बेसारका आचुक फाइदाहरु १० भन्दा बढी रोगहरुको औषधि हुने कुन कुन रोग निको हुन्छ त?? जान्नुहोस !!

काठमाडौँ, जेठ ,३० –
बेसार भन्ने बितिकै हामीले खानामा प्रयोग हुने मसलाको रुपमा मात्र बुझ्छौ । बेसारले खानाको रगं राम्रो बनाउनुको साथै मिठो पनि बनाउछ । तर यसको फाइदाको बारेमा हामी जो कोहिलाई पनि थाहा नहुनसक्छ । हामी तपाईहरुलाई बेसारले मानव स्वास्थ्यमा पुर्याउने थुप्रै फाइदाहरुको बारेमा बताउदैछौ ।
बेसार एन्टी एजिंग (anti-aging), एन्टी ओक्सिडेण्ट (anti-oxidant) र एन्टी इन्फ़्लेमेट्री ( anti-inflammatory) जस्ता बिशेष तत्व रहेको एक उपयोगी मसला हो । बेसार यसको सुनौलो रंग र स्वादिलोपनले गर्दा नेपाली परिकारमा अति आवश्यक छ भने शताब्दियौँ देखि विभिन्न आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुदै आएको छ। त्यस्तै चिनियाँ चिकित्साहरुले क्यान्सरको रोगसंग लड्ने क्षमता र दुखाई कम गर्न तथा विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न बेसार प्रयोग गर्दै आइरहेका छन् । कर्क्योमिन (curcumin) बेसारमा पाइने एक महत्वपूर्ण तत्व हो, जसमा एक शक्तिशाली एन्टी ओक्सिडेण्ट (भिटामिन सि र ई को उत्पादन गरी अक्सिजनसंग मिलाउने कार्य) को रुपमा काम गर्दछ। एन्टी इन्फ़्लेमेट्री (दुखाई कम गर्ने ) तथा घाउको किटाणु नाश गर्ने गुण हुन्छ ।बेसारमा फाइवर, क्याल्सियम,भिटामिन तथा खनिजको जस्ता पौष्टिक तत्व धेरै पाइन्छ । बेसारमा थोरै पनि नराम्रो प्रभाव पक्ष हुदैन


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.