कामको खोजिमा मलेसिया पुगेको नेपाली कामदारको तलब बढ्ने भएको छ। मलेसियन सरकारले २०१६ को बजेटमार्फत् बढाएको यो तलब आगामी शुक्रबारदेखि लागू हुने भएको छ।
योसँगै नेपाली तथा कामको खोजिमा मलेसिया जाने सबै कामदारको तलब वृद्धि हुनेछ। सरकारले ठाउँअनुसार ९ सय २० देखि एकहजार रिंगेटसम्म नयाँ तलब तोकेको छ। यसअघि न्युनतम तलब ८ सय २० देखि ९ सय रिंगेटसम्म मात्र थियो ।
शुक्रबारदेखि घण्टाको न्यूनतम ४.४२ देखि ४.८१ रिंगेटसम्म दिनुपर्ने गरी नयाँ पारिश्रमिक तोकिएको छ।
मलेसियाको रोजगारदाता महांसघले भने अहिलेको समयमा नयाँ पारिश्रमिक लागू गर्न समस्या पर्ने बताएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यम द स्टारले जनाएको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...