-->
करिश्माले लेखिन मन छुने स्टाट्स: तपाईं जस्ता डिग्री होल्डरले राजनीतिमा राम्रो गर्दिएको भए देश कहाँ पुगिसक्थो,म आउनै पर्थेन !

काठमाडौं, ८ असार । सदावहार नायिका तथा नयाँ शक्तिकी नेतृ करिष्मा मानन्धरले आफ्नो आलोचकहरुलाई मनछुन जवाफ दिएकी छन् ।
बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले विद्वता छाँट्ने विद्वानहरु राजनीतिमा नआएकोले आफू राजनीतिमा आएको बताएकी छन् ।
‘म भन्न चाहन्छु, तपाईहरु जस्तो ज्ञान भएका विद्वानहरु राजनीतिमा आइदिनु भएको भए यो देश उहिल्यै बनिसक्थ्यो,’ उनले अगाडि लेखेकी छन्, ‘र करिष्मा मानन्धर जस्तो अल्पज्ञानीहरुले देश बनाउँछु भनेर अघि सर्नुपर्दैन थियो । यो मेरो लागि सौभाग्य भए पनि यो देशको लागि दुर्भाग्य हो ।’
उनले आलोचकहरुलाई भनेकी छन्, ‘मसँग तपाईहरुसँग भएको डिग्री त छैन होला तर तपाईहरुँसग म सित भएको देशको फिक्री छैन…’
यस्तो छ उनको स्ट्याटस
Karishmaa Manandhar
18 hours ago
केही लेख्न मन लाग्यो
याहा धेरै बिद्दाव्न हरु छन .तर ती बर्ग हरु तेति बेला सक्रिय हुन्छन् जब यहाँ कसैले गल्ती गर्छ या ऊनी हरु ले कसैको कमजोरी पत्ता लगाउछन नयाँ शक्ति नेपाल को घोषणा सभा पनि सबै को चासो को विषय बनी रह्यो त्यस् समारोहमा म बाट केहि गल्ती कमजोरी हरु भए .अनि ममा अरु पनि धेरै कमजोरी हरु होलान् र छन मैइले नजाने का अझै थुप्रै कुरा हरु होलान ..
अनि
न राजनिती मेरो पृष्ठभूमि हो
न राजनिती मेरो चासोको विषय रह्यो ... See more


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.