पुरुष वा महिलाले किन सेक्स गर्छन् ? यसका आ–आफ्नै तर्क र अध्ययनका निष्कर्ष होलान । तर, यससँग सम्बन्धित विज्ञका अनुसार महिलाले दुई सय भन्दा बढी कारणले सेक्स गर्छन् । टेक्सास युनिभर्सिटीका प्रोफेसर सिंडी मेस्टन र डेविड बसले लेखेको बिताब ‘वाइ वुमन हेव सेक्स’ मा महिलाले दुई सय ३७ कारण सेक्स गर्ने उल्लेख गरिएको छ । उनीहरुले गरेको अध्ययनको निष्कर्ष अनुसार महिलाले शारीरिक, भावनात्मक र बस्तुगत कारणले सेक्सका लागि पहल गर्छन् ।
अनुसन्धानका क्रममा मेस्टन र बसले बिभिन्न देशका एक हजार ६ जना महिलाको अन्तर्वार्ता लिएका थिए । सो क्रममा एक महिलाले आफुले आफ्नो श्रीमानको स्पर्म बाहीर निकाल्न मात्रै सेक्स गर्ने गरेको बताएकी थिइन् भने अधिकांश महिलाले पुरुष प्रति यौन आकर्षण नहुने बताएको उल्लेख गरिएको छ ।
केही महिलाले बलात्कारको डर र श्रीमानको माया पाउन सेक्सका लागि पहल गर्ने गरेको बताएका थिए भने १० जना महिलाले गिफ्ट पाउने लोभमा सेक्स गर्ने गरेको बताएका थिए । टाउको दुख्ने समस्याबाट छुटकारा पाउनका लागि सेक्स गर्ने गरेको केही महिलाले अनुसन्धानका क्रममा बताएका थिए ।
ती अनुसन्धानकर्ताका अनुसार अनुसन्धानमा सहभागी भएका विश्वविद्यालयमा अध्ययनरत १० मध्ये ६ महिलाले ब्याफ्रेण्डभन्दा बाहिरका पुरुषसँग सेक्स सम्बन्ध राख्ने जानकारी दिएका दिए । एक महिलाले भने आफ्नो यौन रोग सार्न सेक्स गर्ने गरेको बताएकी उल्लेख गरिएको छ ।
स्रोत ओ ,एस नेपाल


0 comments
प्रतिक्रिया दिनुहोस्...