काठमाडौं– नागरिक अगुवा सुन्दरमणि दीक्षितले नयाँ शक्ति नेपा आफ्नो प्रतिबद्धताअनुसार आर्थिक विकासमा केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन् ।
पार्टी घोषणासभामा शुभकामना मन्तब्य दिँदै दीक्षितले भने, ‘अब नयाँ शक्ति आफ्नो प्रतिबद्धता अनुसार आर्थिक विकासमा केन्द्रित हुनुपर्छ, रंगशालामा भेला भएका मान्छे देखेर दंग नपर्नुहोस् ।’
उनले बाबुराम भट्टराईमा आर्थिक विकासको भिजन भएको भन्दै उनीबाटै आर्थिक विकास सम्भव भएको दाबी गरे ।
यस्तै शुभकामना मन्तब्य दिने क्रममा नयाँ पर्शुराम तामाङ र रामचन्द्र झाले पनि आर्थिक विकास नै नयाँ शक्तिको मूलमन्त्र भएको बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...