-->
आँफुखुशी प्रेम विबाह गरेको ३ वर्षपछि जन्मदिने आमाले नै गरिन् ८ महिने गर्भवती छोरीको हत्या

एजेन्सी । पाकिस्तानको पंजाब प्रान्तमा एक आमाले आफ्नी गर्भवती छोरीको गला रेटेर हत्या गरिदिएकी छन । ति महिलाकी छोरीले ३ वर्ष अघि गरेको प्रेम विबाहको उनले ३ वर्षपछि बदला लिएकी हुन् । समाचार स्रोतका अनुसार ३ वर्ष पहिले विहे गरेकी उनलाई छोरीको परिवार मन परेको थिएन ।
विहे पछि आमा छोरीको खासै भेट भएको थिएन । भेटमा आमाले छोरीलाई यो विश्वास दिलाएकी थिइनकी उनलाई उनको परिवारले माफ गरिदियो । उनले हत्या गर्नुअघि छोरीलाई अब घरमा आउने बाटो समेत खुलेको बताइन् । ८ महिनाको गर्भ परिक्षण गर्न आएकी छोरीलाई उनले बिचबाटोबाटै घरतर्फ मोडिन् ।
घरमा पुर्याएर उनले पति र छोराको मद्धतले छोरीलाई धेरैबेर तड्पाइन् र धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको भारतीय प्रहरीले जनाएको छ । जुन अपराधमा प्रहरीले ६ जनालाई अपराधि ठहर गरेको छ । जसमध्ये युवतीका बाबु पक्राउ परेका छन् भने अन्य सबै फरार छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.