काठमाण्डु, ७ असार– बेलायती सेनाका गोर्खा र भूतपूर्व नेपाली गोर्खा भन्नेबित्तिकै विश्वभर पहिलो नाम लिइने बहादुर सेनामा पर्छन् । सोही कारण अफगानिस्तानमा अन्तर्राष्ट्रिय समुदाय रहने स्थानहरुमा गोर्खाले पहरेदारी गरिदियोस भन्ने अपेक्षा गरिन्छ ।
एलिजावेथलाई आफ्नो मुलुकको रानी मान्ने क्यानडेलीले पनि नेपाली गोर्खालाई नै रोजे । उनीहरुले पनि नेपाली गोर्खाबाट सुरक्षित मसहसु गर्दै आए । तर सोमबबार बिहानै तिनै गार्खोली चढेको गाडी उनीहरुलाई सुरक्षा दिन जाने क्रममा आतंकवादीको निशानामा पर्यो ।
तालिबानी आतंककारीहरु गोर्खासँग सकेसम्म अगाडि पर्न चाहँदैन थिए । त्यहाँ रहेका एक भूतपूर्व गोर्खाले भने, ‘हामी भएको स्थानमा तालिवानले आक्रमण गरेको थिएन । कतिपय स्थानमा उनीहरुले आक्रमण गर्ने भने पनि त्यो स्थानमा गोर्खा सैनिक पुगेपछि तुहिने गरेको थियो । कान्तिपुर दैनिकबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...