धनकुटा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले दशैं अगाडि नयाँ शक्तिसँग पार्टी पार्टी एकिकरण गर्ने बताएका छन् । नेपाल सरकारका उप—प्रधान, परराष्ट्र एवं स्थानिय विकास मन्त्री समेत रहेका थापाले शनिबार धनकुटा सदरमुकाममा राप्रपा नेपालले आयोजना गरेको ‘हिन्दु जागरण अभियान’कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले अव राजनीतिक बिवाद छाडेर मुलुकको आर्थिक बिकासमा लाग्नुपर्ने आवस्यकता औल्याए । लामो समयको राजनीतिक अस्थितताले मुलुकको अवस्था बिग्रदै गएको प्रति चिन्ता ब्याक्त गर्दै थापाले मुलुकको समृद्धिका लागि सवै दललाई गंभिर हुन आग्रह पनि गरेका छन ।
कार्यक्रमलाई संवोधन गर्दै उपप्रधानमन्त्री थापाले धर्म निरपेक्षताको आडमा भईरहेको धर्म परिवर्तन गराउँने कामले नेपालमा धार्मिक हिंसा हुन सक्ने खतरा औल्याएका छन । बिदेशीको प्रभावमा अभियानकै रुपमा धर्म परिवर्तन गराउँने काम भईरहेको भन्दै थापाले त्यसकै कारण समाजमा भूषको आगोझै धार्मिक हिंसा बढ्न सक्ने खतरा बढ्दै गएको बताए ।
‘अहिले केही भईहालेको छैन’ थापाले भने ‘यही अवस्था रहिरहने हो भने नेपालमा भूषको आगो जस्तै गरेर धार्मिक सद्भाव बिग्रन सक्छ ।’ नेपाली वीचको सद्भाव कायम राख्न अव धर्म परिवर्तन गराउँने काम तत्काल रोक्नुपर्ने थापाको भनाई छ ।
नेपाललाई जवरजस्त धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको आरोप लगाउँदै थापाले जनमत संग्रह गर्ने हो भने ९० प्रतिषत जनताले हिन्दु राज्यको पक्षमा मतदान गर्ने दावी गरे । नेपालको संबिधानमा वैचारिक स्वतन्त्रता, दललाई प्रतिबन्ध लगाउँन नपाउँने, आवधिक निर्बाचन र संबिधानलाई परिस्थिती अनुसार सरल संसोधनको ब्यावस्था रहेकाले राप्रपा नेपालले एकदिन हिन्दुराष्ट्र फर्काएरै छोड्ने जिकिर गरे । उनले भने ‘हिन्दु राष्ट्र कायम गर्न हामी असफल भयौ तर, पराजित भएर भागेका छैनौं ।’
कार्यक्रममा राप्रपाका नेता राजेन्द्र लिङ्देन, राम थापा, केदार कोईराला लगायतले नेपाललाई हिन्दु राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिएका छन ।khabardabali


0 comments
प्रतिक्रिया दिनुहोस्...