-->
अख्तियारले छुन पनि सकेन अकुत सम्पती कमाएका राजेन्द्र महताेलार्इ किन ? रहस्य यस्ताे छ …

काठमाडौं । नाङ्लो ठटाएर हात्ती तर्साउदै आएको आरोप लाग्दै आएको छ अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई । यदि साच्चै उनी सत्य तथ्य बुझेर कारवाही गर्दथे भने दुइवटा नागरिकताधारी राजेन्द्र महत्तोलाई किन छुन चलाउन सक्दैनन ? अख्तियारदुरुपयोग अनुसन्धान आयोगमा राजेन्द्र महत्तो विरुद्ध मुद्धा दर्ज हुन्छ तर कारवाही किन हुँदैन ?
कारण रोचक छ,राजेन्द्र महते र लोकमान सिंह कार्कीबीचको कनेक्सनको । सेटिङ मिलाउन माहिर राजेन्द्रले आफूलाई छुन चलाउनै नसक्ने गरी अख्तियारमा सेटिङ मिलाएका रहेछन ।भारतसँग मिलेर काठमाडौंमा नाकाबन्दी लगाउन मुख्य भूमिका खेलेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग १५ करोड भन्दा बढी अबैध सम्पत्ति रहेको तथ्य खुलेको छ ।
महतो २०५६ सालको आम निर्बाचन र जनआन्दोलन २०६२/६३ पछि गठित बिभिन्न संयुक्त सरकारमा रहँदा र २०६४ सालको संबिधानसभा निर्बाचन पछि पनि गठित सरकारको मन्त्री पदमा रहँदै आएको र पदको दुरुपयोग गरी १५ करोड भन्दा बढी सम्पति आर्जन गरेकोले सो सम्पति जफत गरी राज्यको ढुकुटीमा जम्मा गरिदिनु हुन अनुरोध गर्दछौं भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी अझै बिचाराधिन छ ।
२०६४ साल अघि सामान्य हैसियतमा हिड्ने महतो र उनको परिवारका नाममा सिद्धार्थ बैंकमा ५० प्रतिशत शेयर छ भने महतोले भिमसेनगोलामा एक रोपनी जग्गामा सात करोड भन्दा बढी खर्च गरी अलिसान महल निर्माण गरिसकेका छन् । त्यसैगरी, महतोले परिवारका सदस्यका नाममा जनकपुरको मुरलीचोकमा तीन विघा घडेरी खरिद गरिसकेका छन् भने वर्दिवास महोत्तरीमा पाँच कट्ठा जग्गा खरिद गरेका छन् ।
पैत्रिक सम्पत्ति शुन्य बराबर रहेका महतोले छोरा राधवेन्द्र महतोको नाममा बल्खुमा शिबशक्ति नामको हस्पीटल निर्माण गरी आर्थिक हैसियतलाई अझ उचाइमा पुर्याएका छन्। महतोले आपुर्ती र स्वास्थ्य मन्त्री बनेपछि १५ करोडको हाराहारीमा सम्पत्ति कमाइसकेका छन्। तर २०६४ अघि किराना पसल सञ्चालन गरी हेल्परको काम गर्ने उनका पिताको आर्शिवादबाट महतो एरपोर्टमा सामान्य ठेक्का पट्टाको काम गरेर राजनीतिमा उत्रिएपछि एकाएक उनको आर्थिक हैसियत आकाशिएको भन्दै उजुरी परेको थियो ।
तत्कालिन अवस्थामा महतोको भ्रष्टाचार, निरंकुश शैली र आतंक सहन नसकी केन्द्रीय सदस्यद्धय सम्भु जैशवाल र डा. रामदेव सिंहले पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । महतोले २०६८ साल असोजको दोश्रो साता संचारकर्मीहरूलाई बिजया दशमीको शुभकामना दिने भन्दै प्रतिब्यक्ति पाँच हजार देखि १५ हजार रुपैयाँसम्मको रकम अबैद्य रुपले बितरण गरेका थिए।
सो रकम केही संचारकर्मीले नलिएको र मन्त्रीले सो रकम बितरण गरी अख्तियारीको दूरुपयोग गरेको भनी नेपाल पत्रकार महासंघले बिरोध जनाउँदै मन्त्री महतोलाई कारबाहीको माग गरेको थियो।महतोले स्वास्थ्य मन्त्रीमा रहंदा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा बीपी दासलाई नियुक्ति गर्दा एक करोड घुस लिएको भन्दै उजुरी परेको थियो ।
उनले मेडिकल काउन्सिलमा डा.निरमणी उपाध्यायलाई रजिष्ट्रार बनाउँदा पचास लाख बुझेका थिए। तर आज तिनै निरमणीलाई लोकमानसिंह कार्कीले गोप्य सल्लाहाकार बनाएका छन् । यस विषयमा राजेन्द्र महतोसँग पटक पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । जुमएनपीबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.