काठमाडौं, जेठ २३ – आमाको दुध बच्चाको लागि सबैभन्दा शुद्ध तथा पौष्टिक आहार भनिन्छ । तर यो सन्दर्भमा भने उनको दुध नै बच्चाको लािग विष भैदियो जसका कारण बच्चाकोे मृत्यु हुनगयो ।
तपाईंले एउटा भनाई त सुन्नु भएकै होला कि आमाको दुध नै बच्चाको लागि विष सावित भैदिएको । यो भनाइ सय प्रतिशत सत्य साबित भएको छ । यस्तै एउटा समाचार आएको छ जसमा आमाको दुध बच्चाको निम्ति विष बन्यो ।
बिभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाए अनुसार भारतको आंद्र प्रदेश राज्यको अनन्तपुर जिल्लाको लटचनापल्ली गाउँ निवासी २८ वर्षीय चन्द्रकला आफ्नो श्रीमान लिगान र बच्चा वमसी सँगै आफ्नो घरमा सुतिरहेकी थिइन् ।
अनि उनको खुट्टामा एक प्रकारको अनुभव महशुस भयो । महिलालाई कमिलाले टोकेको जस्तो लाग्यो तर वास्तवमा उनलाई सर्पले टोकेको थियो । यही दौरान राती जब उनको बच्चा वमसीलाई भोक लाग्यो चन्द्रकलाले उसलाई आफ्नो दुध पिउन दिइन । त्यस बेला सम्म पनि उनलाई थाहा थिएन कि उनलाई सर्पले टोकेको छ भन्ने कुरा ।
वास्तविकता के थियो भने आमालाई सर्पले टोकेको थिायो र उनको पूरै शरीरमा विष फैलि सकेको थिायो । यसै कारण जब बच्चाले आमाको दुध खायो उनको पनि मृत्यु भयो ।
महिलाको शरीरमा विष पूर्ण रुपले फैलिसकेको थिायो जसका कारण बच्चाले पनि विषको शिकार हुनुपर्यो । बिहान उठना साथ श्रीमानले आफ्नी श्रीमति र बच्चाको मुखबाट फीज निस्किरहेको देखे । हतारहतार उसले आफ्नी पत्नी र बच्चालाई स्थानिय सरकारी अस्पताल पुर्याए ।
चन्द्रकलाको इलाजकै क्रममा मृत्यु भयो भने छोरालाई अनन्तपुर सरकारी अस्पताल सिपारिस गरियो । तर सर्पको विष उसको शरीरमा पनि पुर्ण रुपले फैलि सकेको थियो जसका कारण उसको पनि मृत्यु हुन पुग्यो ।
समाचारमा उल्लेख गरिए अनुसार, भारतको आन्ध्र प्रदेशको ससानो गाउँ तथा शहरमा सर्पको विष विरोधी औषधीको अभाव छ जसका कारण प्रायजसो विषका कारण मानिसको मृतयु भएको समाचार सामुने आउने गर्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...