एजेन्सी– इतिहासदेखि नै चीन र उत्तरकोरियाबीचको सम्बन्ध अन्य राष्ट्रहरुसँगको भन्दा केही फरक देखिदै आएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व गर्दै सो आन्दोलनका नेता माओले चीनमा जनवादी क्रान्ति सम्पन्न गर्दै गर्दा विश्व कम्युनिष्ट आन्दोलनका अग्रणी नेताकै रुपमा देखिने किम इल सुङले उत्तर कोरियामा उत्तरकोरियाली श्रमिक पार्टीको नाममा जुच्छे विचारधाराको प्रयोग गरिरहेका थिए ।
बेला–बेलामा माओले स्टालिनसँग जसरी राजनीतिक सल्लाह लिन्थे, त्यसैगरी किम इल सुङसँग पनि राजनीतिक सल्लाह लिने गर्दथे । त्यसैले भनिन्छ, यी दुई देशबीच अहिले पनि राजनीतिक र सामाजिक सम्बन्ध घनिष्ठ रुपमै गाँसिदै आएको देखिन्छ ।
यद्यपि, पछिल्लो समयमा उत्तर कोरियाले चालेका आणविक अस्त्र परीक्षणका कदमहरुको विषयमा चीनले आलोचना गर्दै राष्ट्रसंघ सुरक्षा परिषदको पक्षमा बोल्दै आएको छ ।
यही सिलसिलामा बुधबार उत्तर कोरियाली श्रमिक पार्टीका केन्द्रीय समितिको एउटा टिमले चीन राष्ट्रपति सी जीन पिङसँग भेटवार्ता गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका सीसँगको भेटवार्ताको क्रममा उत्तर कोरियाका अन्तर्राष्ट्रिय मन्त्री री सुङ योङका अतिरिक्त श्रमिक पार्टीका केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य, केन्द्रीय समितिका उपाध्यक्ष लगायत सहभागि रहेको चिनियाँ सञ्चारमाध्यामहरुले जनाएका छन् ।
प्रतिनिधि मण्डललाई स्वागत गर्दै चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाली जनताले कोरियाली समाजवादी कार्यक्रममा अझ ठूलो उपलव्धी गर्न शुभकामना दिएका थिए ।
कोरियाली जनताले आर्थिक विकास र जनजीवनमा सुधार ल्याउने कार्यक्रममा समेत अपेक्षित उपलव्धी प्राप्त गर्न सकोस् भन्ने शुभकामना दिएका थिए ।
सञ्चारमाध्यामहरुका अनुसार प्रतिउत्तरमा कोरियाली अन्तर्राष्टिय« मन्त्री योङले कोरियाली प्रायद्धिपमा देखिएको अस्थिरता व्यवस्थापन गर्न चीनले महत्वपूर्ण भूमिका निर्वाह गरिदन आग्रह गरेका थिए ।
योङले चीनसँगै मिलेर कोरियाली प्रायद्धिप र उत्तर पूर्वी एसियाको शान्ति र स्थिरताको संरक्षण गर्दै जान उत्तरकोरिया इच्छुक रहेको बताएका थिए ।
कोरियाली प्रायद्धिपमा यसबेला उत्तरकोरियाले गर्दे आएका आणविक परीक्षणका घटनाले अशान्ति फैलिएको भन्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले कडा कदम चालिरहेको छ । उसले उत्तरकोरिया विरुद्ध प्रतिबन्ध समेत लगाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...