झापा । झापाका १२ जना चिकित्सकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोजगले छानबिन शुरु गरेको छ ।कमिशनका लागि झापाबाट भारतीय अस्पतालहरुमा बिरामी रेफर गर्ने गरेको उजुरी परेपछि चिकित्सकहरु माथि सरकारले छानबिन प्रक्रिया शुरु गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यलय इटहरीको निर्देशनमा जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा सञ्चालित विभिन्न ७ वटा अस्पतालका १२ जना डाक्टरलाई तीन दिन भित्र आफ्ना योग्यताको प्रमाण पत्र, शैक्षिक प्रमाणपत्र, आम्दानी र सम्पत्ती विवरण पेश गर्न भन्दै गोप्य पत्र काटेको छ ।
ती बाहेक मेची अञ्चल अस्पतालका केही डाक्टरहरु पनि छानविनको दायरामा परेको जिल्ला प्रशासन कार्यलय झापाका कानून अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो ।छानविनमा परेका चिकित्सकहरुमा मेडिका हस्पिटल बिर्तामोडका अर्थोपेडिक डा. आनन्दराज खनाल, ममता घिरैया, कञ्चनजंगा हस्पिटलका डा. रञ्जित यादव, बिर्ता सिटी हस्पिटलमा कार्यरत डा.मेघना तिवारी, डा.रामभक्त, बंजरग मेडिकलमा कार्यरत डा. डि.के. आचार्य, विकास कुमार गुप्ता, कन्काई हस्पिटलका डा. मुकेश शाह, डा. स्वतन्त्र शाह, शंकर हस्पिटलका डा. दीपा थापा, मनमोहन हस्पिटलका डा. प्रदीप केसी र हाल नर्भिक हस्पिटल काठमाण्डौंमा कार्यरत डा.निरज श्रेष्ठ रहेको कानून अधिकृत भट्टराईले बताउनुभयो।
purbeli news


0 comments
प्रतिक्रिया दिनुहोस्...