एनसेलका १० वटा बेस स्टेसन र वल्र्ड भिजनको कार्यलयमा आगजनी गरेसँगै विप्लब माओवादीलाई निगरानीमा राखिने भएको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
गृहमन्त्रीले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रालयमा बोलाएर अराजक गतिविधि गर्ने र कानुन हातमा लिनेमाथि कडा कारबाही गर्न निर्देशन दिएका हुन् । उनले एनसेलको बेस स्टेसन र वल्र्ड भिजनको कार्यलय जलाउनेलाई तत्काल पक्राउ गर्न पनि निर्देशन दिको आजको अन्नपूर्णमा समाचार छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...