-->
एमालेमा ओलीका ४ सम्भावित उत्तराधिकारी

काठमाडौं – नवौं महाधिवेशन सकिएको दुई वर्ष नबित्दै एमालेमा अध्इक्ष केपी ओलीको उत्तराधिकारीको चर्चा हुन थालेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । ओलीले गत वैशाख ३ गते बसेको केन्द्रीय समितिको बैठकमा १० औं महाधिवेशनमा अध्यक्षको दाबी नगर्ने घोषणा गरेका थिए । मदन भण्डारी फाउन्डेनसले गरेको भेलामा संस्थापन पक्षले ओलीको उत्तराधिकारीको बहस नै चलाएको थियो ।
भण्डारी बाहिरिन्
नवौं महाधिवेशनपछि ओलीको उत्तराधिकारीको रुपमा सबैभन्दा बलियो दाबेदारी मानिएकी उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति बनेसँगै यो रेसबाट बाहिरिएकी छिन् । जसबाट अन्य नेतालाई उत्तराधिकारी बन्ने बाटो खोलिदिएको छ ।
यस्ता छन् सम्भावित उत्तराधिकारीहरु
१. ईश्वर पोखरेल महासचिव
विशेषताः दुई पटक महासचिव, सांगठनीक रुपमा कुशल र चतुर नेता
२. सुवास नेम्वाङ, दलका उपनेता
विशेषताः पार्टीमा संयोजनकारी, मृदुभाषी र कूटनीतिक नेता
३. शंकर पोखरेल, स्थायी समिति सदस्य
विशेषताः वैचारिक नेता । ओलीलाई साथ दिएका विश्वाशिला नेता
४. प्रदीप ज्ञवाली
विशेषताः पार्टीमा लोकप्रिय र ओलीका विश्वासिला नेता
५. सबैको साझा बन्ने रणनीतिमा रावल
यता पार्टी उपाध्यक्ष भीम रावल भने ओली र वरिष्ठ नेता माधवकुमार नेपालको साझा उत्तराधिकारीको रुपमा अघि बढ्न प्रयासरत छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.