-->
आफ्नै सेवा गरिरहेकी किशोरीलाई पूजारीले छाडेनन्, गर्भवती भएपछि खुल्यो पोल

वीरगञ्ज, ११ असार । आफ्नै सेवा गरिरहेकी किशोरीलाई मन्दिरका पूजारीले बलात्कार गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफूलाई खाना बनाई खुवाउने बालिकाको बलात्कार गरी फरार रहेका विगत लामो समयदेखि पर्सा जगरनाथपुर गाविस–७ स्थित हनुमानजीको मन्दिरमा पूजारीको रुपमा काम गर्दै आइरहेका धनुषा घर बताउने ७२ वर्षीय रामदेव दासलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
विगत एक डेढ वर्षदेखि आफूलाई खाना वनाई खुवाउँदै आइरहेकी १५ वर्षीया बालिकालाई विगत ५ महिनादेखि जबरजस्ती करणी गरी गर्भवती समेत वनाई गत जेठ २५ गतेदेखि मन्दिरबाट भागी फरार रहेका पूजारीलाई जानकी टोला गाविस–५ बाट प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी बाँकेको हिमोनिया–४ बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय सलामुदीन सेखलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
dainiknepal


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.