-->
चुनावदेखि नडराउन देउवालाई नेपालको आग्रह

तनहुँ – नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेको नेतृत्वमा मुलुकमा आर्थिक क्रान्ति सुरु हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल तनहुँ शाखाले शुक्रबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विगतमा एमालेले राजनीतिक क्रान्तिको अगुवाइ गरेको र अब आर्थिक क्रान्तिको अगुवाइ गर्ने बताए ।
‘एमाले स्वभाविक रुपमा प्रत्येक चुनौतीको सामना गर्न तयार र सक्षम छ,’ नेता नेपालले भने – ‘विगतमा पनि चुनौतीको सामना गरेरै एमाले आएको हो, इतिहास साक्षी छ ।’
सबैलाई मिलाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेकाले यो चुनौतीलाई पनि एमालेले कुशलतापूर्वक पूरा गर्ने नेता नेपालको भनाइ थियो । संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै उनले स्थानीय निकायको चुनाव, प्रदेशको चुनाव र केन्द्रीय संसद्को चुनावको प्रक्रिया डेढवर्षभित्र


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.