-->
प्रधानमन्त्रीको निर्देशनमा त्रिभुवन विमानस्थलमा फेसबुक र युट्युब बन्द

काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र कर्मचारीलाई सामाजिक सञ्जाल फेसबुक र युट्युव चलाउन प्रतिबन्ध लगाइएको छ ।
केही दिन अघि अध्यागमनका कर्मचारीले कम्प्युटरमा फेसबुक चलाएको फोटो सार्वजनिक भएपछि प्रधानमन्त्रीको निर्देशनमा अध्यागमन कक्षमा आवागमन र प्रस्थान दुबैतर्फ कर्मचारीका लागि फेसबुक र युट्युव बन्द गरिएको विमानस्थल अध्यागमन विभागका निमित्त प्रमुख उद्धवप्रसाद तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार विमानस्थल प्रशासनले असार ७ गतेदेखि विमानस्थलको अध्यागमन अन्तर्गत आवागमन र प्रस्थान दुबैतर्फ सामाजिक सञ्जाल फेसबुक र युट्युव बन्द गरेको थियो ।
यद्यपी यात्रुहरूका लागि भने कुनै बन्देज नरहेको निमित्त प्रमुख उद्धवप्रसाद तिमल्सिनाले स्पष्ट पारे ।
यसअघि प्रधानमन्त्री ओली आफै विमानस्थल पुगेर छड्के हानेका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.