-->
आफूले कार्यबिधि संशोधन नगरे संसद आरोध लम्बाउने कांग्रेसको चेतावनी -

काठमाण्डौ ११ असार – नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रमुख प्रतिपक्षी नेपाली काग्रेससँग सहमति नगरी प्रधानमन्त्रीले संसदमा बोल्दैमा अवरोध नहट्ने स्पष्ट पार्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा भूकम्प पीडितलाई अनुदान वितरण गर्ने कार्यविधी काग्रेसकै पालामा बनेपनि त्यसलाई संसोधन गरेर अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले काग्रेससँग सरकारले छलफल गरेर निकास खोज्नुपर्ने भन्दै सरकारले ब्यवास्ता गरे संसद अवरोध लम्बिएर जाने चेतावनी दिनुभयो ।
केसीले संविधानको कार्यान्वयनकोलागि राष्ट्रिय सहमतिको आवश्यकता रहेकोले आफुहरु सहमतिको सरकारको पक्षमा रहेको स्पष्ट पार्दै सहमतिय सरकारको नेतृत्वमा काग्रेसको दावी रहेको बताउनुभयो । उहाले बर्तमान सरकारमा कुनै पनि हालतमा काग्रेस सहभागि नहुने स्पष्ट पार्नुभयो । काग्रेस अहिले सहभागि भए नौ महिना अघि गरेको निर्णय गलत ठहरिने भएकोले आफूहरु त्यसमा तयार नरहेको उहाँको तर्क थियो ।
केसीले संविधान कार्यान्वयनकोलागि निर्वाचन अपरिहार्य भएकोले काग्रेस निर्वाचन सँग नडराउने स्पष्ट पार्दै पुर्नसंरचना आयोगको रिपोर्ट नआएको र मधेसको सीमांकनको माग पुरा नभएको अवस्थामा चुनावले समाधान भन्दा पनि समस्या पार्ने दावी गर्नुभयो । एकलौटी ढंगले चुनाव हुन नसक्ने भएकाले सहमति गरेर तीन वटै निर्वाचन एकै चोटी गर्न सकिने उहाँकबो भनाई थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.