काठमाडौं, ७ असार । डा. बाबुराम भट्टराईको नयाँ शक्तिमा समावेश भएकी नायिका करिष्मा मानन्धरले नयाँ शक्ति त्याग्न लागेको खबर सार्वजनिक भएसँगै यसको खण्डन गरेकी छिन् ।
सिनेमाबाट बनेको करिष्माको छवि बाबुरामले धमिल्याएपछि पार्टी छाड्ने निष्कर्शमा पुगेको खबर दृष्टि साप्ताहिकले छापेपछि उनले केहि मान्छेलाई नयाँ शक्तिसँग समस्या भएको उल्लेख गरेकी छिन् ।
उनले उक्त समाचारको खण्डन गर्दै फेसबुकमा लेखेकी छिन् ‘हैरान भए .. साच्चिकै केही मानिस लाई नयाँ शक्ति सङ्ग समस्या छ जस्तो छ .. सोधेर लेखिएको भए राम्रो हुन्थ्यो ..के सत्य हो भनेर भन्थे होला ।


0 comments
प्रतिक्रिया दिनुहोस्...