-->
आजको सुनको भाउ हेर्नुहोस घट्यो कि बढ्यो !!!

काठमाडौं–नेपाली बजारमा एक सातामै प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको सुनको भाउ बुधवार भने स्थिर रहेको छ ।
असार महिनाको पहिलो दिन वुधवार अघिल्लो दिनकै मुल्यमा कारोवार भैरहेको नेपनल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज मंगलवारकै मुल्य छापावाल सुन प्रतितोला ५६ हजार ६ सय, तेजावी ५६ हजार ३ सय ५० र चाँदी ७ सय ९० रुपैयाँ प्रतितोलामा कारोवार भइरहेको महासंघले जनाएको छ ।
हिजो नेपाली बजारमा सुन जेठ महिनाकै उच्च मुल्यमा कारोवार भएको थियो । विदेशी वजारमा मुल्य वृद्धिसंगै नेपाली वजारमा सुनको मुल्य बढेको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.