-->
अमेरिकाद्धारा नेपालबारे खतरनाक रिपोर्ट सार्वजनिक, नेपालसामू आयो ठूलै चुनौती

एजेन्सी– अमेरिकाले नेपाललाई निकै खतरा भएको रिपार्ट सार्वजनिक गरेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा विभिन्न आतंककारी गतिबिधि भइरहेको र त्यसको ट्रान्जिट प्वाईन्ट नेपाल बन्न सक्ने खतरा औल्याउदै एक रिपार्ट नै सार्वजनिक गरिएको हो ।
दक्षिण एसियाली देशमा आतंककारी गतिबिधि निकै बढेको र भारतसँगको खुला सीमाका कारण नेपालमा पनि त्यसको प्रभाव परेको उल्लेख गर्दै रिपोर्टमा नेपालले संवेदनशिल भएर सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताइएको छ ।
यसरी आतंककारी गतिबिधिका लागि नेपाललाई प्रयोग गर्नसक्ने प्रमुख आधार भनेको भारतसँगको खुला सीमा नाका भएको रिपार्टलाई आधार मान्दै अमेरिकी संचार माध्यमले समाचारमा उल्लेख गरेका छन् ।
दक्षिण एसियाका अन्य राष्ट्र भारत, पाकिस्तान र अफगानिस्तानमा आतंकवादी समूहनै भएको बताउँदै रिपार्टमा भनिएको छ, ‘अपराधिक क्रियाकलाप नियन्त्रणका लागि नेपालमा विशेष टोली छ । तर, टोलीले प्रभावकारी ढंगले काम गर्दै अपराधि पहिचान गर्न सकेको छैन । भारतसँग खुला सीमा हुनु र विमानस्थलमा रहेको कमजोरीका कारण नेपालमा सुरक्षा खतरा छ ।’
नेपालको विमानस्थलबाट आतंककारी नेपाल प्रवेश गर्नसक्ने र त्यहाँबाट खुला सीमा भएका कारण भारत जान र भारतबाट नेपाल आउन सक्ने बताउदै अन्तर्राष्ट्रिय आतंककारी संगठनले त्यसको फाइदा उठाउदै नेपाललाई ट्रान्जिट प्वाईन्ट बनाउन सक्ने खतरा रहेको संचारमाध्यममा जनाइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.