-->
एकताले माओवादीमा लफडा, प्रचण्डसहित केन्द्रीय नेतालाई बहिष्कार

दमकःकेन्द्रमा माओवादी पार्टीका ५ घटकहरुबीचको एकतासँगै नेताहरुको पदीय जिम्मेवारीका बिषयलाई लिएर झापामा तत्कालीन एकीकृत माओवादीभित्रै लफडा शुरु भएको छ ।
एकतापछि बनेको नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबाट शनिबार मोरङको विराटचौकमा भएको प्रशिक्षण तत्कालीन एमाओवादीका धेरै कायर्कर्ताहरुले अघोषित रुपमा बहिष्कार गरेका छन् ।
विराट चौकस्थित जेसीज हलमा भएको प्रशिक्षणका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेताहरु रामबहादुर थापा (बादल) मणी थापा, मातृका यादव र तिलक परियार आएका थिए । प्रशिक्षण कार्यक्रममा करीब दुई हजार कार्यकर्ता सहभागि भएका वादल नेतृत्वको पार्टीबाट कार्यक्रममा सहभागि एक जना कार्यकर्ताले दाबी गरे ।
उनले करीब १२ बजेबाट शुरु भएको प्रशिक्षण करीब ५ घण्टा चलेको पनि बताए । सो प्रशिक्षण एकता र आगामी कार्यक्रम तथा समसामयक राजनीतिका बारेमा केन्द्रीत रहेको जनाइएको छ ।  पदमा असन्तुष्टहरु कोही कोही नगएका होलान अरु हामी धेरै कार्यकर्ता प्रशिक्षणमा सहभागि भयौं – ति कार्यकर्ताले भने । पार्टीको केन्द्रीय समितिको निर्देशन अनुसार आयोजना गरिएको १ नम्बर प्रदेशस्तरीय कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा तत्कालिन एमाओवादीका झापास्थित धेरै कार्यकर्ताहरुले असन्तुष्टि जनाउँदै अघोषित रुपमा बहिष्कार गरेका समाचार स्रोतले जनाएको छ ।
प्रशिक्षणमा सहभागिताका बिषयमा तत्कालिन एमाओवादी झापाको बैठक दुई दिन अघि विर्तामोडमा बसेको थियो । बैठकमा एकता प्रकृयाबाट आएका अन्य पार्टीका जिल्लास्थित केन्द्रीय सदस्यहरु पनि सहभागि थिए । सो बैठकमा एमाओवादीका जिल्लास्थित नाम चलेका नेताहरुले खुलेरै एकतापछी बनेको केन्द्रीय समितिमा अन्य पार्टीबाट आएकाहरुलाई विना आधार जिम्मेवारी दिएको भन्दै असन्तुष्टि जनाएका थिए । असन्तुष्टिको संकेत पार्टी नेतृत्वलाई दन पनि हामी प्रशिक्षणमा नगएका हौं – तत्कालिन एमाओवादी झापाका एक जना जिल्लास्तरीय नेताले भने ।
असन्तुष्टी रहनुको मुख्य कारण झापाबाट केन्द्रीय सदस्यका रुपमा तत्कालिन नेकपा – माओवादीका नेताहरुलाई जिम्मेवारी दिइनु भएको उनको भनाई छ । ५१ मध्ये ५–६ जना साथीहरुले जानु पर्छ भन्नु भयो हामी अरु धेरै जनाले विरोध वा असन्तुष्टिको संकेत स्वरुप प्रशिक्षणमा नजाने निधो गरयौं – जिल्लास्तरीय बैठकमा सहभाग तत्कालिन एमाओवादीका एक जना जिल्ला नेताले भने ।
अर्का एक तत्कालिन एमाओवादी झापाका नेताले भने –हामीले पार्टीको एकतामा विरोध गरेका होइनौं , सैद्धान्तीक रुपमा हामी एकताकै पक्षधर हौं तर केन्द्रीय सदस्यको जिम्मेवारी दिइँदा पार्टीले विचार पुरयाएन । अरु पनि केन्द्रीय सदस्य थप्दैछ भन्ने सुचना आएको छ हाम्रो विरोध पदीय जिम्मेवारीमै हो ।
तत्कालिन बैद्य नेतृत्वको नेकपा – माओवादी झापाबाट अलग भएर गएका बादलको नेतृत्वमा माओवादी केन्द्रका सदस्यका रुपमा सञ्चार नेम्वाङ, रोशन लिम्बु र विजय साम्पाङ केन्द्रीय सदस्य भइसकेका छन् । थप तीन जनाको नाम सो पार्टीबाट केन्द्रीय सदस्यका लागि सिफारिस भएको बताइएको छ ।
प्रशिक्षणमा सहभागिताको बिषयलाई लिएर यस अघ झापामा बसेको तत्कालन एमाओवादीका नेताहरुको बैठकमा झलकसिंह दर्लामी, ज्योतीसिंह दर्लामी लगायतले प्रशिक्षणमा जाने बिषयमा कुरा राखेका थिए भने अन्य अधिकांश जिल्ला सदस्यहरुले पार्टी नेताहरुको ध्यानाकर्षणका लागि सांकेतिक रुपमा विरोध जनाउँदै प्रशिक्षणमा सहभागि हुन नहुने विचार राखेका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.